राजपथको यात्रा जोखिम
गुगलपाटी संवाददातामुलुककै जेठो राजमार्ग त्रिभुवन राजपथमा यात्रा जोखिमयुक्त बन्दै गएको छ । समयमै मर्मतसम्भार नहुँदा सडकका खाल्डाखुल्डीले आउजाउ गर्न कठिन छ । विभिन्न ठाउँमा सडक भासिएका छन् । धेरै ठाउँमा साना सवारीका टायर नै पुरिने खाल्डा छन् । पिचको नामनिसानै छैन ।‘जेठो राजमार्ग सरकारको बेवास्ताले जीर्ण बन्दै गएको छ,’ थाहा नगरपालिकावासी अच्यूतम ढकालले भने, ‘राजधानी प्रवेश गर्ने सबै सडक बाढी र पहिरोले अवरुद्ध हुँदा यो विकल्प हुन्थ्यो ।’ धेरै सवारी चल्ने हुँदा सडकको अवस्था जीर्ण बनेको उनले बताए । राजधानी आवतजावत गर्ने भरपर्दो वैकल्पिक राजमार्ग त्रिभुवन राजपथमा लामो समयदेखि सरकारको ध्यान गएको छैन ।मुग्लिङ–नारायणघाट सडक चौडा गर्ने क्रमदेखि त्रिभुवन राजपथमा सवारीको चाप बढेको थियो । वर्षायाम सुरु भएदेखि हेटौंडा–कुलेखानी–फाखेल र दक्षिणकालीको बाटो पनि बेलाबेला अवरुद्ध हुने गरेकाले त्रिभुवन राजपथमै चाप बढयो । सवारीको चाप बढदो छ तर सरकारले बजेट छुट्टयाउन भने कन्जुस्याइँ गरेको डिभिजन सडक हेटौंडाका इन्जिनियर आशुतोष कर्णले बताए । ‘दुस्खको समयमा आवश्यक पर्ने जेठो राजमार्गलाई बेवास्ता गर्नु राम्रो होइन,’ उनले भने ।
गत आवमा यो राजमार्गलाई ३ करोड विनियोजित गरिएको थियो । रकम ढिला निकासा हुँदा २ करोड मात्र खर्च भएको उनले बताए । १ करोड त फ्रिज नै भयो । त्यो रकम कात्तिकरमंसिरमा आउने र ठेक्का लगाएर सम्झौता पुस माघदेखि गर्न पाए हुन्थ्यो । तर रकम आवको अन्तिमतिर मात्रै आयो । यस्तो अवस्थामा सम्झौता भएको २र३ महिनाभित्र कसरी काम सक्नु ? राजमार्गको अवस्थाबारे थाहा नपाका व्यवसायी चिन्तित हुन थालेका छन् ।
‘हलुका सवारी राजमार्ग राम्रो नभएकाले आवतजावत नै गर्न छाडे,’ स्थानीय थाना बजारस्थित फेम्ली होटलका उकेश केसी भन्छन्, ‘राजमार्गकै कारणले ग्राहक आउनै छाडे ।’ राजपथको माथिल्लो र तल्लो भागमा डोजर लगाएर मोटर बनाउने प्रवृत्तिले सडक जोखिमयुक्त बन्दै गएको छ । त्रिभुवन राजपथको हेटौंडादेखि नौबिसेको सोप्याङसम्म सडक दुरावस्था छ । नारायणघाट–मुग्लिङ सडकको सुरुमा विस्तार र पछिल्लो समय पहिरोका कारण सवारी आउजाउ रोक लगाएकाले त्रिभुवन राजपथमा चाप परेको थियो । यही कारण सकडमा धेरै क्षति भयो । दैनिक ४० देखि ५० सवारीसाधन आवतजावत गर्ने उक्त खण्डमा नारायणघाट(मुग्लिङ सडक विस्तारका समयमा हजारभन्दा बढी सञ्चालन भए ।‘पुरानो र साँघुरो सडकमा सवारी चापले भासिनु र खाल्डाखुल्डी हुनु स्वाभाविकै हो,’ डिभिजन सडकका एक प्राविधिक भन्छन्, ‘६२ वर्ष पुरानो सडकले धन्न हजारौं गाडीको चाप धानेको छ ।’
यहाँको सडक मात्र होइन, पुलहरू पनि जीर्ण छन् । राजमार्गमा पर्ने २० पुलमध्ये सामरी र भैंसेको बाहेक १८ पुल जोखिमयुक्त छन् ।
‘ती पुल तत्काल मर्मत गर्नुपर्नेछ,’ इन्जिनियर कर्णले भने, ‘मर्मत सम्भारका लागि गत वर्ष नै बजेट माग गरे पनि अहिलेसम्म सुनुवाइ भएको छैन ।’ पुल भाँचिएर कुनै पनि ठूलो धनजन क्षति हुन सक्ने उनी बताउँछन् । केही पुलको पिलर कमजोर छन् । केहीको माथिल्लो भागमा खियाले खाइसकेको छ । हेटौंडादेखि धादिङको नौबिसेसम्म ९० किलोमिटर छ । मुलुककै पुरानो राजमार्गले समस्या परेको बेला मुलुकलाई राहत दिने गरेको छ । यही कारण पनि बेलैमा मर्मतसम्भारका लागि सरकारले बजेट विनियोजन गर्नु पर्ने प्राविधिकहरूको भनाइ छ ।
‘वर्षको १र२ करोडले खाल्डाखुल्डी पुर्न पनि पुग्दैन,’ कर्णले भने, राजमार्गको लम्बाइ छोट्टयाउन सकिन्छ, यतातर्फ सरकारको ध्यान जानुपर्छ ।’ भारतीय सरकारको सहयोगमा ०१३ मा त्रिभुवन राजपथ निर्माण भएको हो । यो सडक बन्नुअघि भीमफेदी, चित्लाङ, चन्द्रागिरि हुँदै राजधानी हिँडेर आउजाउ गर्थे ।कुन्छाल–कुलेखानी पनि उस्तै
कुलेखानी डयाम जानका निम्ति साढे तीन दशकअघि बनाइएको कुन्छाल–कुलेखानी सडक केही भाग हिलोका कारण आउजाउ नै बन्द भएको छ । कुन्छालबाट बज्रबराही बजारसम्म मोटर बाटो राम्रो भए पनि अन्य क्षेत्रमा ठुल्ठूला खाल्डाखुल्डी र हिलोले सवारी आवतजावत गर्न समस्या भएको हो । उक्त सडकको विभिन्न भागमा माथिबाट पनि गाउँ जाने सडक बनाएकाले वर्षायाममा माटो बगेर आएर हिलो भरिएको छ । सडक हिलाम्मे बनेकाले यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् ।
कान्तिपुर दैनिकबाट