भक्तपुरका नेवारले यसरी लखेटे भूत
गुगलपाटी संवाददाता काठमाण्डौं,२५ साउनभक्तपुरका नेवार समुदायले बिहीबार घर घराबाट भूत भगएका छन् । साउन कृष्ण चतुर्दसीका दिन बिहीबार धुमधामका साथ गथांमुग (घण्टाकर्ण) पर्व मनाएर घर घर बाट भूत भगाइएको हो ।
यसको लागि बिहानै घर नजिक रहेको महादेव मन्दिरबाट जलले अभिषेक गर्ने प्रचलन रहेको छ । घर, परिवारलाई भूतप्रेतबाट मुक्त गर्न नेवार समुदायले घर घरबाट बौ वाय् ज्या (भूत पन्छाउने) गर्छन् । बौ वाय् ज्या मा काँचो माटोको कतारोमा कर्कलो, धुस्वाँ, बौ स्वाँ, आरुको बोटको हाँगा सहितको छ्वाली बालेर छ्वास (दोवाटो) वा चौबाटोमा लगेर राखिन्छ । गथांमुगकै दिन घरको मूल ढोका र मुख्य निदालमा पञ्चरंगी मयुरको प्वाँख र तीन खुट्टे फलामे किला ठोक्ने चलन छ । यसले घरभित्र भूतप्रेत पस्न सक्दैन भन्ने विश्वास छ ।
१४ औं शताब्दीको गोपालवंशमा गथांमुग मनाएको उल्लेख भए अनुसार परावूर्वकालदेखि नै भूत भगाउने पर्व गथांमुग मनाउदै अइएको संस्कृतिकर्मी ओम धौभडेलले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।