युवा खेल क्षेत्रमा लाग्न आवश्यक : सांसद घलान
जयराम मोक्तान मनहरी,२६ साउनयुवाहरु खेलकुदमा आकार्षीत भएमा खेलकुद क्षेत्रको बिकास हुन समय नलाग्ने ३ नम्बर प्रदेशका सासंद ओम घलानले बताएका छन् । खेलकुदको बिकासले राष्ट्रीय एकतामा सहयोग पुग्ने भन्दै सांसद घालनने गाउँ देखी शहरसम्म बिभीन्न खेलको बिकास गर्नु पर्ने बताएका छन । मनहरि ७ मा आज देखी सुरु भएको नेपाल क्युकोसिन काराते डोजो कार्यक्रमको उद्घाटन गर्दै सांसंद घलानले यस्तो बताएका हुन ।
खेलकुद क्षेत्रको बिकासका लागी बिद्यालय स्तरबाटै खेलकुद गतिबधिको सुरुवात गनैु पर्ने उनले बताए । पश्चिम मकवानपुरको मनहरि ७ मा रहेका राष्ट्रीय रोटरि माबीको प्राङगनमा आज देखी सुरु भएको कराते प्रशिक्षणमा ४० जना भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । ३ नम्बर प्रदेशका सांसद ओम घालनको प्रमुख आथिथ्यमा भएको कार्यक्रम नेपाल क्युकोसिन काराते डोजा मनहरिका अध्यक्ष नारायाण श्रेष्टको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रमा मनहरि गाउँपालिकाका अध्यक्षएक राज उप्रेती, इलाका प्रहरि कार्यलय मनहरिका प्रहरि प्रमुख बिरेन्द्र पनेरु , राष्ट्रीय रोटरि माबी बिद्यालय ब्यबस्थापन समितीका अध्यक्षा साािलकराम बानिया लगाएतकाको उपथीत रहेको थियो । प्रशिक्षाथीहरुलाई लवाङ दोर्जे लामाले पशिक्षण दिने छन।