बालबालिकालाई शिक्षाबाट बंचित नगर्न गाउँपालिका अध्यक्षको आग्रह

जयराम मोक्तान मनहरी,२६ साउन
२६ श्रावण २०७५ १३:४५

बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित नगर्न मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले अविभाबकहरुलाई आग्रह गरेका छन । बिना शिक्षा कुनै क्षेत्रमा सफल नहुने भन्दै अध्यक्ष उप्रेतीले आफना बालबच्चा सफल हुनको लागी शिक्षादिक्षा अनिवार्य रुपमा दिनुपर्ने बताएका छन । ७ नम्बर वडाको आयोजनामा मनहरि ७ रमौलीमा रहेको ब्रह्मकालि निमाबिमा अध्यनरत सिमान्तकृत बोटेजातीका बिद्यार्थीहरुलाई पोषाक ,तथा कापि कलम बितरण कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले यस्तो बताएको हो ।

सिमान्तकृत बोटे जातीको उत्थानको लागी गाउँपालिकाले संधै सहयोग गर्ने बताउदै उनले बोटे जातीको शैक्षिक स्तरको बिकासको लागी सधै सहयोग गरिने बताए । गरिब, जेहेनदार गरिब बिपन्न ३४ लजना बिद्यार्थीलाई हौसल्ल स्वरुप पोषक ,तथा कापि कलम बितरण गरिएको ७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङले जनाकारी दिए ।

कार्यक्रम मनहरि गाउपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आथिथ्यता रहेको थियो भने वडा अध्यक्ष ठाकुर तितुङको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा गाउँपालिकााउपाध्यक्ष मनिला बिष्ट , पशुपति सामुदायिक बन उपभोक्त समुहका अध्यक्ष रघु रुम्बा मनहरि एफ एमका स्टेशन म्यानेजर शिव कुमार काशि रिजाल लगाएतको उपस्थीती रहेको थियो । त्यसै गरि मनहरि ८ मा रहेको महेन्द्र किरण माबिमा अध्ययनरत गरिब बिपन्न तथा जेहेनदार बिद्यार्थीहरुका लागी पोषाक तथा कापी कलम बितरण गरिएको छ । वडा नम्बर ८ को आयोजनामा बिद्यालयमा अध्ययनरत १४ जना बिद्याथीहरुलाई पोषाक तथा कापी कलम बितरण गरिएको हो । ४ देखी १० कक्षा मा अध्ययन गरिरहेका गरिब तथा जेहेन्दार बिद्यार्थीलाई अध्यानमा हौसल्ला स्वरुप बितरण गरिएको हो । कार्यक्रम गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आथिथ्यता थियोे ।