बकैया गाउँपालिकामा मगर संघको समिति गठन
गुगलपाटी संवाददाता मकवानपुर,२६ साउननेपाल मगर संघको मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा समिति गठन गरिएको छ ।
कृष्ण बहादुर थापा मगको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा कर्ण बहादुर राना मगर,सचिवमा सुनिल दर्लामी मगर,सहसचिवमा धनमाया मर्सारे मगर,कोषाध्यक्ष हरि बहादुर सुयाल मगर रहेका छन्। यसैगरी सदस्यहरुमा कृष्ण बहादुर पुलामी,मान बहादुर राना मगर,टंक दर्लामी मगर,शिवराज दर्लामी मगर,राम मस्नानी मगर,जीवराज राना मगर,भक्त बहादुर राना मगर,चन्द्र बहादुर राना मगर,नेत्र बहादुर आले मगर,दुर्गा पुलामी मगर,प्रल्हाद दर्लामी मगर,भक्त बहादुर दर्लामी मगर रहेका छन् ।
नेपाल मगर संघका केन्द्रीय सदस्य बिश्व आले मगरको प्रमुख आतिथ्यतामा र जिल्ला अध्यक्ष शंकर थापा मगरको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको नेपाल मगर बिद्यार्थी संघको जिल्ला अध्यक्ष अशोक ग्यालन मगरले जानकारी दिए ।