नेकपाको बन्द: नवलपुरमा प्रेसर कुकर बम, टिस्टुङमा बसमा आगजनी
गुगलपाटी संवाददाताआफ्ना प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको कारण सवारी साधन तथा बजार क्षेत्र प्रभावित भएको छ ।
बन्दको क्रममा मकवानपुरमा बिहानै दुईवट घटना भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११ नवलपुरमा प्रेसर कुकर बम फेला परेको छ । बम भेटिएपछि सवारी आवागमनमा पनि असर परेको थियो । सेनाको टोली प्रेसर कुकर बमलाई निस्तेज पारेर त्रासबाट मुक्ति दिलाएको छ । बन्दकर्ताले आतंक फैल्याउन बम राखेको अनुमान गरिएको छ ।
यसैगरी मकवानपुरको टिष्टुङमा बन्दकर्ताले बसमा आगजनी गरेका छन् । भन्सार छुटाएर काठमाडौं लैजाँदै गरिएको स्कुले बसमा बन्दकर्ताले आगो लगाएर क्षति पु¥याएका छन् । टिष्टुङको दउरालीमा भएको घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।