नेकपा मकवानपुरको नेतृत्व छान्न सकस
गुगलपाटी संवाददाता हेटौंडा,३ भदौनेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको नेतृत्व छनन्न सकस देखिएको छ ।
तत्कालिन एमाले तथा नेकपा माओवादी केन्द्रले मकवानपुर जिल्लाको नेतृत्वको लागि करिब आधा दर्जन नामहरु प्रदेश कार्यदलाई सिफारिस गरेपनि प्रदेशमा सहमति हुन नसकेपछि जिल्लाको नेतृत्व छान्नमा थप सकस भएको हो । प्रदेशमा पनि नसल्टिएपछि केन्द्रीय सचिवालयबाट नै नेतृत्व छानिने संभावना रहेको एक नेताले गुगलपाटीलाई बताए ।
तत्कालिन नेकपा एमालेको तर्फबाट जिल्ला नेताहरु पुर्व उपाध्यक्ष बद्री लम्साल, पुर्व सचिव एकालाल श्रेष्ठ तथा नेता श्रीधर पोखरेलको नाम सिफारिस भएको बुझिएको छ । जिल्ला तहले सिफारिस गरेको भन्दा फरक नाम प्रस्ताव भएपछि केहि विवाद समेत भएको र प्रदेश तहले मकवानपुरको नेतृत्व टुंगो लगाउने संभवना नभएपछि केन्द्ीय सचिवायलय नाउँ टुंगाउने बताइएको छ ।