जिल्ला ट्राफिक प्रहरीलाई बोर्ड

गुगलपाटी संवाददाता हेटौंडा,३ भदौ
३ भाद्र २०७५ १५:४६

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडाले सामाजिक उत्तरदायित्व बहन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतना मुलक बोर्ड प्रदान गरेको छ ।
आईतबार एक कार्यक्रमकाबीच एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडाका निर्देशक डिल्लीराम अधिकारीले प्रहरी सहायक निरीक्षक सन्तोष पोखरेललाई ट्राफिक सचेतना मुलक बोर्ड हस्तान्तरण गरेका हुन् । करिव दुई लाख रुपैयाँ बराबरको सो बोर्ड हेटौंडा बजारका विभिन्न स्थानहरुमा राखिने निरीक्षक पोखरेलले बताय ।यसले बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्नेमा हामी विश्वस्त छौं । एक्सपर्टले आगामि दिनमा पनि हेटौंडामा सामाजिक उत्तरदायित्व बहन गर्दै अन्य विभिन्न कार्यक्रमहरु गर्ने निर्देशक डिल्लीराम अधिकारीले बताय ।एक्सपर्टले चितवनलगायत अन्य जिल्लाहरुमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा विभिन्न कार्यहरु गर्दै आईरहेको छ ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आईरहेको भरपर्दो एवंम लोकप्रिय संस्था हो ।अष्ट्रेलियामा मूख्य कार्यालय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले विद्यार्थीहरुलाई सही परामर्श मात्र दिने नभई सामाजिक उत्तरदायित्वक समेत बहन गर्दै आईरहेको छ ।