बन्ध्याकरण गराउनेलाई ५ हजार
गुगलपाटी संवाददातामुगुको छायानाथ रारा ७ पिनाका असलबहादुर शाहीले जेठ पहिलो साता स्थानीय स्वास्थ्यचौकीमा आयोजित शिविरमा स्थायी बन्ध्याकरण गरे ।
त्यसको केही समयपछि उनले नगरपालिकाबाट ५ हजार रुपियाँ पाए । ‘नगरपालिकाले रकम दिन्छ भनेर बन्ध्याकरण गरेको होइन,’ ३० वर्षीय शाहीले भने ‘नगरपालिकाले सुविधा दिएपछि लिएँ, यसले अरुलाई पनि प्रोत्साहन मिलेको छ ।’
उनीमात्र होइन गत वर्ष ११ जनाले बन्ध्याकरण गरेबापतको सुविधा नगरपालिकाबाट लिएका छन् । नगरपालिकाले दुई सन्तान ईश्वरको बरदान भन्ने नारासहित गत वर्षबाट बन्ध्याकरण गर्नेलाई नगद ५ हजार दिने कार्यक्रम सञ्चालन गरेको हो ।
यसवर्ष १४ वटै वडामा कार्यक्रम गर्ने नगरपालिकाले जनाएको छ ।
आजको कान्तिपुर दैनिकको १४ पृष्ठमा समाचार छापिएको छ ।