स्थानीय पत्रपत्रिकाः शिखरपुर जहाज दूर्घटनाको ८ वर्ष, सन्तानको शोकले विकास निम्त्यायो, दैवी विपतमा ९१ ले ज्यान गुमाए

गुगलपाटी संवाददाता हेटौंडा
८ भाद्र २०७५ ०१:२६

हेटौंडाबाट प्रकाशित आजका स्थानीय दैनिक पत्रकिाहरुले फरक फरक प्रसङ्गलाई आफ्नो प्रमुख समाचार बनाएको छ ।

मकवानपुरको शिखरपुरमा ८ वर्षअघि भएको जहाज दूर्घटनापछिको विकासको प्रसङ्गलाई हेटौंडा सन्देशले प्रुमख समाचार बनाएर छापेको छ । दूर्घटना आफैंमा दुखद खबर हो । नहुनुपर्ने दुखद घटनापछि अभिभावकले पीडालाई शक्तिमा बदलेर अरुका लागि प्रेरणादायी काम गरेका छन् ।

मकवनपुरको शिखरपुरमा ८ वर्षअघि भएको दूर्घटनामा निधन भएका साहारा, केन्द्रा र युक्कीको नामको पहिलो अक्षरबाट स्काई फाउन्डेशन बनाई दूर्घटनास्थल वरपरको गाउँको विकास भइरहेको मृतक एयरहोस्टेज साहाराका बुबा दोर्जे छिरिङ शेर्पाले जानकारी दिए । गाउँमा मोटरबाटो, बिजुली, खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रमा फाउन्डेशनले महत्वपूर्ण काम गरिरहेको छ ।

त्यस्तै प्राकृतिक विपतबाट मकवानपुरमा पछिल्लो ३ वर्षमा ९१ जनाको मृत्यु भएको समाचार आजको साझाकुरा दैनिकमा छापिएको छ । बाढी पहिरो, भूकम्प र चट्याङका कारण ३ वर्षमा मकवानपुरमा ९१ जनाले ज्यान गुमाएका हुन् । विपतमा परी मृत्यु र घाइते भएका परिवारको लागि जिल्ला प्रशासन कार्यालयमार्फत ३ वर्षको अवधिमा ३१ करोड १३ लाख ८२ हजार रुपियाँ राहतस्वरुप उपलब्ध गराइएको छ ।

हेटौंडा उपमहानगरपालिकाले भूकम्पपीडितको नक्सापासमा उदारता देखाएको खबर आजको प्रदेश दैनिकमा छापिएको छ । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले भूकम्पपीडितले घर बनाउँदा जुनसुकै मापदण्ड नपुगे पनि नक्सा पास गरिदिने निर्णय गरेको हो । घर बनाइसकेको भए पनि अवस्था र संरचना हेरेर नक्सा पास गरिदिने उपमहानगरले निर्णय गरेको छ ।

सडक सिमानाको आफ्नै मापदण्ड र घर निर्माण र नक्सा पासको अर्को मापदण्डको कारण भूकम्पपीडित यसअघि समस्यामा परेका थिए । अब भने सहजता हुने विश्वास गरिएको छ। ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ