निर्मलाको हत्यारालाई कडा कारवाही गर्न देजमोको माग
गुगलपाटी संवाददाता काठमाडौंदेशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले निर्मला पन्त घटनाको वास्तविक अपराधी पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलद्वारा हस्ताक्षर गरी शुक्रबार प्रेसित गरिएको एक वक्तव्यमा यस्तो माग गरिएको हो ।
केही सयमअघि कञ्चनपुर जिल्ला, भीमदत्त पन्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो । कञ्चनपुर प्रहरीले सो घटनामा संलग्न अपराधीको लामो समयसम्म खोजी गरेको जनाए पनि अपराधी पत्तालगाउन सकेको थिएन । तर केही दिन अघि मात्र अपराधी पत्ता लागेको र उसलाई सार्वजनिक गरिइँदै गरेको भन्ने बाहनामा मानसिक सन्तुलन गुमाएका एक स्थानीयलार्ई उभ्याएको थियो ।
उक्त घटनामा संलग्न अपराधी भनी सार्वजनिक गरिएका व्यक्ति दोषी नभएको र यी सबै कामहरु वास्तविक अपराधीलाई जोगाउने उद्देश्यका भइरहेको उनका परिवार र स्थानीय जनताले बताएका थिए । त्यसपछि स्थानीय जनताको विरोधले कञ्चनपुरमा विसाल र उग्र रुप लिन पुगेको थियो ।
यस्तो कार्य सरकारले गरेको अत्याचारी, घृणित र अनैतिक भएको भनी मोर्चाले घोर निन्दा र भत्र्सना गर्दै वास्तविक अपराधीलाई पत्तालगाई सार्वजनिक गरी कडाभन्दा कडा कारवाही गर्न जोडदार माग गरेको छ ।
यसका साथै, न्यायपूर्ण संघर्षलाई अघि बढाइरहेका कञ्चनपुरका संघर्षशील जनतामाथि गरिएको दमनको घोर भन्र्सना गर्दै प्रहरी दमनमा घाइते भएकाहरुको अविलम्ब उपचारको समेत जोडदार माग राखेको छ । साथै, मोर्चाले उक्त संघर्षप्रति दृढ समर्थन र दरिलो ऐक्यवद्धतासमेत् जाहेर गरेको छ । यदि जनताका जायज मागलाई पूरा गरिएन भने यसको समर्थनमा देशव्यापी संघर्षको तयारीमा जुट्नका लागि सबै न्यायप्रेमी जनसुदायसँग मोर्चाले आह्वान समेत गरेको छ ।