हेटौंडामा सर्जकहरु सम्मानित
गुगलपाटी संवाददाता हेटौंडा,९ भदौमकवानपुर जिल्लामा कृयाशिल मातृभूमि साहित्य समाज र महालक्ष्मी विकास बैंक लिमिटेडले संयुक्त रुपमा शनिबार ६ जनालाई सम्मान गरेका छन् । मातृभूमिले वर्षेनी प्रदान गर्ने पुरस्कार आज एक साहित्यिक कार्यक्रमको आयोजना गरेर हेटौंडामा प्रदान गरिएको हो । पुरस्कार विभिन्नदाताले स्थापना गरेका हुन् ।
हेटौंडामा आयोजित कार्यक्रममा महालक्ष्मी साहित्य पुरस्कार–२०७४ विराटनगरका साहित्यकार प्राज्ञ विवश पोखरेललाई प्रदान गरिएको छ । उनलाई सम्मानपत्रसहित नगद २१ हजार १ रुपयाँ प्रदान गरिएको थियो ।
यसैगरी, इश्वरी स्मृति मातृभूमि पुरस्कार–२०७४ जनकपुरका साहित्यकार महेन्द्रकुमार मिश्रलाई प्रदान गरिएको छ । उनि मैथली भाषाका साहित्यकार हुन् । नित्य गोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार–२०७४ मकवानपुरका प्रयागराज मल्ललाई प्रदान गरिएको छ । श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार–२०७४ वरिष्ठ नाट्यकार अशेष मल्ललाई प्रदान गरियो । तीन वटै पुरस्कारसहित जनही १५र१५ हजार नगद रहेको छ ।
यस्तै, ५ हजार राशीको कनक सिंह वातावरण मातृभूमि पुस्कार–२०७४ मकवानपुरका विष्णुप्रसाद ढकाललाई प्रदान गरिएको छ ।
होमनाथ बलदेवि मातृभूमि छन्द साहित्य सम्मान–२०७४ चितवनका कवि हुसैन खाँलाई प्रदान गरियो । उक्त पुरस्कारको राशी ७ हजार ५ सय रहेको छ । मातृभूमिका अध्यक्ष माधव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि महाकाव्यकार कृष्णादेवि शर्मा रहेका थिए । प्रमुख अतिथि शर्माले साहित्यकारहरुलाई सम्मानपत्र प्रदान गरेकी थिइन् ।