चिठ्ठा प¥यो भन्दै ठगी गर्ने पाँचौं गिरोह सार्वजनिक
गुगलपाटी संवाददाता वीरगन्जजिल्ला प्रहरी कार्यालय पर्साले लट्री प¥यो भन्दै ठगी गर्ने एक गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।सामाजिक सञ्जालबाट ५० लाखको लट्री प¥यो भन्दै ठगी गर्ने पाँचौ गिरोहलाई शुक्रबार सार्वजनिक गरेको हो । यो भन्दा अगाडि चार पटक पर्सा प्रहरीले यसरी नै लट्री प¥यो भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरिसकेको छ ।पक्राउ पर्नेमा ८ जना भारतीय र १२ जना नेपाली नागरिक रहेका छन् । जस मध्ये ९ जना ठगी तथा संगठित मुद्दामा पूर्पक्षका लागि कारागार चलान भइसकेको पर्साका प्रहरी उपरीक्षक एसपी डा. गणेश रेग्मीले जानकारी दिए ।पछिल्लो पटक पर्सा प्रहरीले दुई भारतीयसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रामगढवा ग्राम पञ्चायत अधकपकरिया१० बस्ने २२ वर्षीय नौसाद आलम, सोही ठाउँ घर भइ हाल बाराको परवानीपुर गाउँपालिका २ रामपुर टोकनी बस्ने २५ वर्षे अशोक यादव र पर्साको बहुदरमाई नगरपालिका(२ सिसयाडी बस्ने २१ वर्षीय राजकुमार यादवलाई पक्राउ गरेको हो ।आलम जुनियर मेकानिकल ईन्जिनियर हुन् भने बाँकी दुवै जनाले आफ्नो एटीएम दिएर सहयोग गरेको पर्सा प्रहरीले जनाएको छ ।आलमले दुवैजना सहयोगीसँग मिलेर प्रभावमा परेकाहरुको रकम जम्मा गर्ने गरेको र उनीहरुकै सहयोगमा भारत पठाउने गरेको पाइएको छ । सो रकम उनीहरुले दिल्लीमा बस्ने नेहाल अन्सारीलाई दिने गरेको प्रहरीसँगको बयानमा खुलाएका छन् ।उनीहरुको साथबाट १ लाख ४७ हजार ८२२ रुपैयाँ नगद, नेपाली र भारतीय सिमसहितको मोबाईल ३ थान, फोटो, नागरिकताको प्रतिलिपी, विभिन्न बैंकको एटिएम कार्ड ७ थान, चेक बुक लगायतका समान प्रहरीले बरामद गरेको छ ।उनीहरुलाई पर्सा प्रहरीले चैत ७ गते वीरगञ्ज महानगरपालिका वडा नं ३ स्थित सडकबाट पक्राउ गरेको थियो । उनीहरुले हृवाट्य एप, ईमो भाईबर र फेसबुक जस्ता सामाजिक सञ्चाल र मोबाईल फोनको एसएमएस मार्फत मानिसहरुलाई तपाईलाई ५० लाखको लट्र परेको छ भन्ने त्यसपछि सोही म्यासेज मार्फत प्रभावमा पारेर बैंक खाता नं र परिचय खुल्ने कागजात माग्ने गर्दै आएको पाईएको छ ।
उनीहरुले पुरस्कारका प्राप्त गर्नका लागि नेपाल सरकारलाई तिर्नुपर्ने राजश्व रकम जम्मा गर्नुपर्ने शर्त रहेको बताउने र बैंक खाता वा आईएमई मार्फत रकम पठाउन लगाउने गरेको पर्साका प्रहरी उपरीक्षक डा. रेग्मीले बताए ।