२० वर्षकी युवती एकैपटक ७ जनाबाट बलात्कृत
गुगलपाटी संवाददाता काठमाडाैँसप्तरीमा २० वर्षको एक युवती ७ जनाको समूहबाट बलात्कृत भएकी छिन । मेला हेरेर फर्केकी ती युवती सामूहिक बलात्कारमा परेकी हुन । रक्षाबन्धनको दिन खड्ग नगरपालिकाको अर्नाहामा लागेको मेला हेरेर घर फर्किने क्रममा ७ जनाले सामूहिक बलात्कार गरेको भन्दै शम्भुनाथ नगरपालिकाकी २० वर्षकी ती युवतीले प्रहरी कार्यालयमा उजुरी दिएकी छिन ।
मदिरामा मातेका युवाहरूले अाफूलार्इ एकान्तमा लगेर बलात्कार गरेको ती युवतीले प्रहरीमा दिएको वयानमा उल्लेख गरिएको छ । सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार युवतीको उजुरीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।