कसरी भयो एकै रात दुई स्थानमा चोरी,हेटौंडाको सुरक्षामा प्रश्न ?
गुगलपाटी संवाददाता हेटौंडा,१४ भदौचुस्त सुरक्षा घेरामा रहेको तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा एकै रात दुई स्थानमा चोरए भएपछि हेटौंडाको सुरक्षमा प्रश्न उब्जिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट करिब एकसय मिटरको दुरीमा रहेको हेटौंडा १० राप्तीरोडस्थित साथीको मनी ट्रान्सफर, जिल्ला प्रहरी कार्यालयबाट करिब १०० मिटरकै दुरीमा रहेको हेटौंडा १ नम्बर वडा कार्यालयमा चोरी भएको हो । भने जिल्ला प्रहरी कार्यालयबाट करिब एकसय २० मिटरको दुरीमा रहेको हेटौंडा १० टिसिएनरोडस्थित एसबिआई बैंकको सटर फोडी चोरीको प्रयास भएको छ । बैंक रहेको स्थान नजिकै रहेको सिमा चोक र बसपार्कमा २४ सै घण्टा प्रहरी तैनाथ रहेको हुन्छ ।
एकै रात तीन स्थानमा चोरीको घटनाले हेटौंडा कसैले नचाहेर मात्र त सुरक्षित छैन भन्ने प्रश्न उब्जिएको छ । चोरीसँगै कसैले चाहेमा हेटौंडा बजारमा सजिलै आपराधिक घटना घटाउन सक्ने चिन्ता सर्बसाधरणमा छाएको छ ।
प्रदेश तीनको राजधानी भएपछि थप सुरक्षा मजबुत बनाएको हेटौंडामा सुरक्षा खतरा बढ्नुले सुरक्षा संयन्त्रसँगै प्रदेश सरकारलाई पनि गिज्याएको छ ।
बुधबार राती हेटौंडा–१० मा रहेको साथीको मनी टान्सफरबाट नगद नौ हजार एकसय ५० रुपैयाँ सहित ९५ हजार पाँचसय रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डिएसपी नरेश कुमार सिंहका अनुसार नगद सहित एनटिसीको ४९ हजार, एनसेलको ४४ हजार र डिसहोमको दुई हजार पाँचय रुपैयाँको रिचार्ज कार्ड चोरी भएको हो ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयबाट ६० हजार ५० नगद चोरी भएको छ । एक नम्बर वडा अध्यक्ष सबिन न्यौपानेले कार्यालयको ताला फोडी राजश्व रकम ४० हजार ५० र वडा सचिवले राखेको २० हजार रुपैयाँ चोरी भएको बताए ।
हेटौंडाको १० स्थित टिसिएनरोडस्थित एसबिआई बैंकको तीन वटा सटरको ताला फोडिएको छ । ताला फोडिएपनि रकम भने चोरी नभएको डिएसपी सिंहले बताए ।
तीनै स्थानमा भएको घटनाको अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले बताए । ‘घटनाबारे अनुसन्धान सुरु भइसकेको छ,अपराधी छिट्टै पक्राउ पर्छ’, उनले भने ।