मकवानपुरबाट २२ मेगावाट बिजुली थपिदै

गुगलपाटी संवाददाता
१५ भाद्र २०७५ ०२:१२

मकवानपुरको भीमफेदी इपापञ्चकन्यामा निर्माणाधीन बाग्मती विद्युत्आयोजनाले आगामी मंसिर अन्तिम साताबाट २२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ ।

माण्डु होइड्रोपावर कम्पनी र चिनियाँ सिइच्वाइ हेइच्वाङ कम्पनीको संयुक्त लगानीमा बाग्मतीको पानीबाट विद्यु्त उत्पादन गर्न तीव्र गतिमा काम भइरहेको छ ।

‘वर्षाले गर्दा केही समय काम रोकिएको थियो’ आयोजनाका आवासीय इन्जिनियर रत्न भोम्जनले भने‘बुधबारदेखि पेनेस्टकको काम सुरु हुन्छ, सिभिल वर्कको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’ इलेक्ट्रोमेकानिकलको पनि करिब ५० प्रतिशत काम भइसेको छ ।

यहाँ हाल करिब २ सय जनाले काम गरिरहेका छन् । असारसम्ममा काम सकिसक्ने योजना रहे पनि वर्षाको कारण ५६ महिना पछाडि धकेलिएको आयोजनालृ जनाएको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।