टोल बिकासको साधारण सभामा यस्तो भने मेयर महतले

गुगलपाटी संवाददाता हेटौंडा,१५ भदौ
१५ भाद्र २०७५ १२:४६

हेटौंडा टोल बिकास संस्था नगर समन्वय समितिको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले संबोधन गरेका थिए ।

उनले सो क्रममा हेटौंडालाई देशकै नमुना शहरका रुपमा बिकाश गरिने बताए । टोल बिकाश संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको दोस्रो साधारण सभा तथा अधिबेशनकोे शुक्रबार  हेटौंडामा उध्घाटन् गर्दै उहाँले उपमहानगरलाई अब्बल बनाउन आफुहरुको टिम लागिपरेको बताउनुभयो  ।

हेटौंडाको बिकाश गर्नका लागि सबै मिलेर काम गर्नुपर्ने बेला आएको बताउँदै मेयर महतले भन्नुभयो–अहिले देशभरका स्थानिय तहहरु बढी कर लिएको भनेर आलोचना भईरहेको समयमा हामीहरुले नागरिकका घरका नक्सा निशुल्क बनाईदिने देखिलीएर १८ थरीका सेवा सबै निशुल्क रुपमा गरेको भनेर मिडीया आफैले चर्चा पनि गरेको छ ।’ अब्बल नगरका रुपमा हेटौंडा पनि जोडिएकाले यसलाई अझै बिकाश गर्नका लागि  टोलबिकाश संस्थाहरुको महत्वपुर्ण भुमिका हुने बताए । पछी थपीएका वडाहरुमा बिकाश गर्नका लागि केही चुनौती रहेपनि अब सबैको सहयोगबाट बिकाश गरिने बताए ।

 अब हेटौंडालाई हरित नगरी संगै फुलैफुलको शहरका ?पमा बिकाश गरिने मेयर महतले बताउदै हरेकको घरघरमा फुल रोप्ने, नगरका फराकिला सडकको दायाँ, बायाँ फुल रोपेर फुलैफुलको शहरका ?पमा अब हेटौंडालाई बिकाश गर्ने बताए । सरसफाईलाई पनि त्यतीको महत्वपुर्ण क्षेत्र भएकाले यसमा काममा सघाउनका लागि टोल बिकाश संस्थाको महत्वपुर्ण भुमिका हुने बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले हेटौंडाको परिबर्तनका लागि सबै लाग्नुपर्ने बताइन् । हेटौंडाबासीको सहयोगबाट मात्र हेटौंडालाई हराभरा बनाउन सकिने उनँको भनाई छ । महिलाहरुलाई बलियो बनाउने जगनै टोल बिकाश संस्था भएको उनको भनाइ छ । टोल बिकाश संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष धुर्ब अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ८ का वडाअध्यक्ष गोपाल श्रेष्ट, हेटौंडा १५ का वडाअध्यक्ष महारत्न लामा, अधिबक्ता मुकुन्द अधिकारी, बातावरणबिध डाक्टर बलराम भट्ट, समितिका सल्लाहकार स्याश श्रेष्ट, हेटौंडा उपमहानगरपालिका न्यायीक समितिका सदस्य ईन्द्र नेपाल , लायन्सक्लबका शम्भु नकर्मी लगायतकाले मन्तब्य ब्यक्त गरे ।

टोल बिकाश संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको दोस्रो साधारण सभा तथा अधिबेशनले धुर्ब अधिकारीको अध्यक्षतामा ३९ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षहरुमा सति न्यौपाने, सिता बिष्ट, गंगा पौडेल, त्यसैगरी महासचिबमा शिबहरी दाहाल, उपमहासचिबमा ज्ञानबहादुर थापा, सचिबमा राजेन्द्र चौलागाई, शुसीला मल्ल, देबकुमार श्रेष्ट लगायतका चयन भएका छन् ।