स्थानीय पत्रपत्रिकाः केन्द्र सरकारसँग प्रदेश मन्त्रीको आक्रोश
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरकफरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेको छ ।
आजको हेटौंडा सन्देश दैनिकले केन्द्र सरकारप्रति प्रदेशका मन्त्रीको आक्रोशसम्बन्धी समाचार पहिलो पृष्ठमा छापेको छ । ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले केन्द्र सरकारले संविधान मिचेको आरोप लगाएका छन् ।
शुक्रबार आयोजित एक अन्तरक्रियामा प्रदेशको अधिकार संघीय सरकारले खोसेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । प्रदेश सरकार संघीय कानुनसँग नबाझिने गरी कानुन बनाउन लागिपरेको उनको भनाइ थियो ।
आजको साझाकुरा दैनिकले हेटौंडा औद्योगिक क्षेत्रमा यसैवर्ष १९ वटा उद्योग थपिन लागेको समाचार छापेको छ । हेटौंडा औद्योगिक क्षेत्रको विस्तारित २९० बिगाहा क्षेत्रमा यसैवर्षबाट १५ उद्योग सञ्चालनमा आउने भएका छन् भने हेटौंडा कपडा उद्योगको जग्गामा ४ वटाउद्योग पनि निर्माणाधीन अवस्थामा छन् । २ वर्षअघि अनुमति लिएका उद्योगहरुले अहिले धमाधम भौतिक पूर्वाधार निर्माण गरिरहेका छन् ।
आजको समृद्ध समाज दैनिकले स्थानीय तहहरुबीच नियमित समन्वय बैठक हुने समाचार छापेको छ । मकवानपुरका १० वटा स्थानीयतहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा नियमित समन्व्य बैठक बस्ने भएको छ । हरेक महिनाको २५ गते बैठक गरिने निर्णय भएको छ ।
आजको प्रदेश दैनिकमा हेटौंडालाइ देशकै नमूना सहर बनाउने मेयर हरिबहादुर महतको भनाइसम्बन्धी प्रसङ्गलाई छापेको छ । हेटौंडालाई उत्कृष्ट बनाउन आफ्नो टिम लागिपरेको महतको भनाइ छ । नक्सा बनाउन निशुल्क सेवा दिएको भन्दै उनले अन्य सेवा पनि निशुल्क गरिएको बताए ।
हेर्नुहोस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाका पहिलो पृष्ठ