के भयो नेकपाको प्रदेश तीनको बैठकमा ?
गुगलपाटी संवाददाता हेटौंडा, १९ भदौनेपाल कम्युनिट पार्टि (नेकपा) को ३ नम्बर प्रदेशको संसदीय दलको बैठक मंगलबार बसेको छ । बैठकमा बोल्दै संसदीय दलका नेता एबम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार दिर्घकालिन योजना लिएर अगाडि बढिसकेको बताउनुभएको छ । उहा“ले योजनाहरु सम्पन्न गराउन सबैले सहकार्य गर्न जरुरी रहेको बताउनुभयो । हाल प्रदेश सभाबाट १७ वटा विधेयक पास भईसकेको बताउ“दै प्रदेश सरकारको काम सन्तोषजनक रहेको उहा“को भनाई थियो । हाल कानुन निर्माणका विषयलाई तिब्रता दिएको भन्दै मुख्य मन्त्री पौडेलले विस्तारै अन्यौलता हट्ने बताउनुभएको थियो ।
बैठकमा मन्त्री परिषदको बैठकबाट दिएका सैद्धान्तिक सहमतिको विषय, प्रदेश सभाबाट पारित भएका विधेयकहरुका विषयमा छलफल भएको थियो । बैठकले संसदीय काम, पार्टीका काम र सरकारका कामहरुका विषयमा पनि छलफल भएको सांसद रामेश्वर फूया“लले जानकारी दिनुभयो । यसैगरी संघीय सरकार र प्रदेश सरकारबीच सम्बन्ध कसरी मजबुत पार्ने सम्बन्धमा पनि छलफल भएको थियो । संसदीय दलको बैठकमा संघीय सरकारले साना–साना परियोजनाको पनि कार्यालय खोल्न लागेको भन्दै आपत्ति समेत प्रकट गरिएको छ । यसैगरी ३ नम्बर प्रदेशलाई हरित प्रदेश, फलफूल बर्षका रुपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । प्रदेश सरकारले निति तथा कार्यक्रममा प्रस्तुत गरेको अवधारणामा रहेको प्रोजेक्ट बैंकलाई दिगोरुपमा अगाडि लैजान समेत सांसदहरुले आग्रह गरेका थिए । आगामी बैठकमा मन्त्रालय, प्रदेश स्तरीय समिति र सरकारका कामको प्रतिवेदन सहित छलफल हुने उहा“को भनाई थियो ।
बैठकमा सांसदहरु शशीजंग थापा, प्रदीप कटुवाल, केशबराज पाण्डे, कञ्चन खनाल, आशामाया तामाङ, रमा आले, बेलीमाया घले, शान्तीराम पौडेल, प्रेमबहादुर पुलामी, हिमाली गोले, सरस्वती बस्नेत, लेखनाथ दाहाल, योगेन्द्र संग्रौला, रामकुमार अधिकारी, बद्रि मैनालीलगायतले बजेट कार्यान्वयन सम्बन्धी कार्यविधि सम्पन्न गरी छिटो भन्दा छिटो कार्यान्वयनको दिशामा अगाडि बढाउन आग्रह गर्नुभयो ।