प्रदेश तीनको संसद बैठक : छिटो प्रदेशको राजधानी टुंगाउन सांसदहरुको माग
गुगलपाटी संवाददाता हेटौंडा,१९ भदौ
प्रदेश नम्बर तीनको मंगलबार बसेको बैठकमा तीन नम्बर प्रदेशको राजधानीको बिषयमा सांसदहरुले आफ्ना धारणा राखेका छन् ।
साउनको पहिलो साता नै प्रदेशको राजधानीको कुरा टुंगाउनु पर्ने भएपछि हेटौंडाका अधिकारकर्मी धुब्र चौलागाईले अदालतमा मुद्दा हालेपछि जिल्ला अदालत मकवानपुरले हालका लागि राजधानी खोज्ने कुरा नगर्न अन्तरिक आदेश जारी गरेको थियो । यद्यपी संसद बैठकमा बोल्ने सांसदहरुले अदालतलाई उचित जवाफ दिएर चांडो राजधानीको बिषय टुंगाउन भनेको आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार मंगलबारको बैठकमा सांसदहरुले कर,प्रदेश तीन सरकारले ल्याएको नीति तथा कार्यक्रम लगायतका बिषयमा आफ्ना धारणा राख्नु भउको थियो । प्रदेश सभाको अर्को बैठक असोज १ गते सम्मका लागि स्थगित गरिएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।