शिक्षा तथा साक्षरता दिवसको अवसरमा सरसफाई तथा बृक्षारोपण

गुगलपाटी संवाददाता भक्तपुर,२० भदौ
२० भाद्र २०७५ ११:३३

३९ औं शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आज सरसफाई तथा बृक्षारोपण गरिएको छ । भक्तपुर सानोठिमीस्थित साबिक शैक्षिक जनशक्ति विकास केन्द्र परिसरमा बिभिन्न फलफुलका बिरुवा रोपिएको हो ।


केन्द्र परिसरमा अम्बाको बिरुवा रोपेर शिक्षा मन्त्रालयका सचिव खगराज बरालले कार्यक्रम उद्घाटन गर्नुभयो । बृक्षारोपण तथा सरसफाईपछि बोल्दै सचिव बरालले सरकारी कार्यालय आकर्षक र सरसफाईयुक्त हुनुपर्ने बताउनुभयो । ‘कार्यलाय वरिपरि हरियाली, सेवाग्राही आउँदा पनि मन प्रफुल्ति हुने र सफा हुनपर्छ’, उहाँले भन्नुभयो, ‘भित्र जती राम्रको काम गरेपनि बाहिर पनि राम्रो देखिनुपर्यो ।’


प्रधानमन्त्री केपि शर्मा ओलीले पनि फलफुल खेतीमा जोड दिएको भन्दै सचिव बरालले बृक्षारोपण गर्दा फल उत्पादन हुने बिरुवाहरु रोप्नुपर्ने बताउनुभयो । ‘बिरुवा रोप्दा रुख पनि हुने खाने फल पनि दिने हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘रोप्नुसँगै यसको संरक्षणमा पनि ध्याउन दिनुपर्छ ।’
हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत रहेको उक्त भवन परिसरमा अनार, मौसम, दरिम, आँप, अम्बा लगायतका एकस बिरुवा रोपिएको थियो । भने कार्यालय वरिपरि सरसफाई गरिएको थियो ।


उक्त कार्यक्रममा शिक्षा तथा मावन स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल, उपनिर्देशकहरु टेक नारायण पाण्डे, दिपक शर्मा, खगेन्द्र नेपाल, इभेन्ट परियोजना प्रमुख केशव प्रसाद दाहाल, सरसफाई तथा बृक्षारोपण कार्यक्रम संयोजक बेदहरि दाहाल लगायतको उपस्थिती रहेको थियो ।