पाईलट पढाउँदै नगरपालिका
गुगलपाटी संवाददाताखाठबिसकोट नगरपालिका ५ का ललित भण्डारीसँग पाईलट बन्ने रुचि थियो ।
विदेश गई लिनुपर्ने पाईलट कोर्सका लागि पैसोको जोहो गर्न भने सकेका थिएनन् ।
वडा १० का गोविन्द केसीको चाहनालाई पनि आर्थिक अवस्ताले नै रोकेको थियो ।
दुवैको अप्ठेरो फुकाईदियो आठविसकोट नगरपालिकाले ।
शैक्षिक कर्जा उपलब्ध हुने भएपछि भण्डारी र केसी दुवै पाईलट कोर्स
गर्नै फिलिपिन्स उड्ने तयारीमा छन् ।
उनीहरुमात्र होईन, नगरपालिकाले डाक्टर, इन्जिनियर पढ्न चाहने विद्यार्थीका लागि समेत निवेदन माग गरेको छ ।
५ जनालाई यसअघि नै नर्स, ओभरसियर अध्ययनको चाँजो मिलार्यसकेको छ ।
दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न शैक्षिक कर्जा दिन थालिएको नगरप प्रमुख गोर्खबहादुर केसीले बताए ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।