स्थानीय पत्रपत्रिकाः प्रदेश मन्त्रीका सिम्पल लाइफस्टाइल
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुले फरक फरक विषयलाई प्राथमिकताका साथ छापेका छन् । आजका स्थानीय पत्रिकाले प्रदेश मन्त्रीका सिम्पल लाइफस्टाइल, आन्दालनबाट समस्याको समाधान हुने दिन गए,क्रसर उद्योगलाई मापदण्डमा रहन मुख्यमन्त्रीको निर्देशन, मानवीय सेवामा समर्पित हुन प्रदेश मन्त्रीको आग्रहलगायतका समाचारलाई पहिलो पृष्ठमा छापेका छन् ।
प्रदेश मन्त्रीको सिम्पल लाइफस्टाइल
हामी मन्त्री भन्ने बित्तिकै ठूलो मान्छे भन्ने मात्र होइन, प्रयाप्त सम्पती भएको र आनन्दमय जीवन व्यतित गर्ने व्यक्ति भनेर बुझ्छौं । तर वास्तविक जीवन त्यस्तो हुँदो रहनेछ ।
मन्त्री पनि एक सामान्य मान्छे नै हुन् भन्ने उनीहरुको दिनचर्या हेर्दा लाग्छ । ‘हामी समान्य मानिस जसरी नै समाजमा चलिरहेका हुन्छौं’ उनीहरु भन्छन् । उनीहरुले उत्तिकै महत्व उनका परिवारलाई पनि दिएका छन् । परिवारको साथै उनीहरुलाई प्रदेशकै जिम्मेवारी छ ।
प्रदेश ३ मा ७ जना मन्त्री छन् । मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक र अन्य सुविधा अन्तर्गत मन्त्रीको ५२ हजार तलब सुविधा तोकिएको छ । यसै तलबबाटै उनीहरुले घरखर्च चलाउने र छोराछोरी पढाउने गर्छन् । आजको हेटौंडा सन्देश दैनिकले ३ नम्बर प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुको पारिवारिक पृष्ठभूमिसहित जीवनशैली उतारेको छ ।
त्यस्तै आजको साझाकुरा दैनिकले आन्दोलनबाट समस्याको समाधान हुने दिन सकियो भन्ने शीर्षकमा निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले बोलेका कुरालाई समाचार बनाएको छ ।
आजको समृद्ध समाज दैनिकले क्रसर उद्योगहरुलाई मापदण्डमा रहन निर्देशन दिएको समाचार पहिलो पृष्ठमा छापेको छ । क्रसर उद्योगले लापरबाही र मनपरी गरेको भन्दै प्रदेश सरकारले तय गरेको मापदण्डभित्र रहन मुख्यमन्त्रीले निर्देशन दिएका हुन् ।
आजको प्रदेश दैनकिले मानवीय सेवामा समर्पित हुन प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले आग्रह गरेको समाचार पहिलो पृष्ठमा छापेको छ । रेडक्रस सोसाइटीको ५० औं अधिवेशनमा बोल्दै मन्त्री दुलालले मानवीय सेवा नै आजको आवश्यकता भएको बताए ।
हेर्नुहास्, आज हेटौंडाबाट प्रकिाशत हुने दैनिक पत्रिकाका पहिलो पृष्ठ