स्थानीय पत्रपत्रिकाः दुईवर्षपछि भरिँदै कुलेखानी, स्थायित्व माग्दै राहत शिक्षकद्धारा हड्तालको घोषणा

गुगलपाटी संवाददाता हेटौंडा
२४ भाद्र २०७५ ०१:३४

हेटौंडाबाट आज प्रकाशित भएका दैनिक पत्रिकाले फरक फरक विषय र प्रसङ्गलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् ।

दुईवर्षदेखि कुलेखानी भरिँदै, बनकरिया बस्तीमा तीज, कर्मचारीको मानसिक नफेरिएको भन्दै मुख्यमन्त्रीको आक्रोश सम्बन्धी समाचार, पेशागत स्थायित्व माग्दै राहत शिक्षक आन्दोलित, जागरुक महिला सम्मान प्रदान, मानव सेवा आश्रमलाई प्रवल जनसेवा श्रीलगायतका समाचार प्रमुख प्राथमिकताका साथ छापिएका छन् ।

दुईवर्षपछि भरिँदै कुलेखानी
समयमै मनसुन सुरु हुँदा नभरिएको कुलेखानीको जलाशय यसवर्षको मनसुन अन्तिम हुँदासम्म भरिने अनुमान गरिएको छ । जलाधार क्षेत्रमा भदौ महिनामा पनि प्रसस्तै वर्ष भएकाले भरिँदै गएको हो । दुईवर्षदेखि नभरिएको कुलेखानी यसवर्षको मनसुनको अन्तिमसम्ममा भरिने कुलेखानी जलविद्युत् आयोजनाका प्रमुख रामकुमार यादवले जानकारी दिए ।

जलाशयमा एक हजार पाँचसय ३० मिटर पानी संकलन गर्ने क्षमता छ । कुलेखानी भरिन अब जम्मा ७ मिटर मात्र बाँकी रहेको छ । ३ सय मिटर चौडाई र ७ किलोमिटर लम्बाई रहेको जलाशयबाट दैनिक ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । यो समाचार आजको हेटौंडा सन्देश दैनिकले छापेको छ ।

त्यस्तै आजको साझाकुरा दैनिकले पेशागत स्थायित्व माग्दै राहत शिक्षकहरु आन्दोलित भएको समाचार पहिलो पृष्ठमा छापेको छ । नयाँ शिक्षा ऐनमा राहत शिक्षकलाई स्वतः स्थायी हुने व्यवस्था माग गर्दै उनीहरुले भदौ २६ देखि २८ गतेसम्म सामुदायिक विद्यालय हड्तालको आह्वानसमेत गरेका छन् । त्यस्तै कर्मचारीको मानसिकता फेरिएन भन्दै मुख्यमन्त्रीको आक्रोशसम्बन्धी समाचार पनि साझाकुराले छापेको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारीको मानसिकता नफेरिँदा काम गर्न अप्ठ्यारो भइरहेको बताएका छन् ।

आजको समृद्ध समाज दैनिकले मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीलाई प्रवल जनसेवा श्री पदक प्रदान गरिएको समाचार छापेको छ । शनिबार राष्ट्रपति निवास शितल निवासमा नेपाल राष्ट्रको गौरव एवम् नेपाली जनताको हित अभिवृद्धिमा योगदान गरेको भन्दै राष्ट्रपछि विद्यादेवी भण्डारीद्धारा विभुषित गरिएको हो ।

आजको प्रदेश दैनिकले जागरुक महिलालाई सम्मान गरेको समाचार पहिलो पृष्ठमा छापेको छ । रेडियो मकवानपुरले समाजमा योगदान पु¥याएका दुईजना महिलालाई जागक महिला सम्मान प्रदान गरेको छ । हेटौंडा २ की महिला उद्यमी सूचना श्रेष्ठ पराजुली र मनहरी ३ की विकास अभियन्ता योगमाया न्यौपानेलाई नगदसहित सम्मान गरिएको हो ।

हेर्नुहास्, आज हेटौंडाबाट प्रकिाशत हुने दैनिक पत्रिकाका पहिलो पृष्ठ