बल्ल अक्षर चिन्दै उपप्रमुख

गुगलपाटी संवाददाता नेपालगञ्ज
२५ भाद्र २०७५ ०१:३५

टेबुलमा छरिएका अखबारका पानामा उनी घोत्लििएकी छन् । आलोपालो पत्रिकाका पाना पल्टाएर खबर बुझ्ने प्रयास गर्छिन् ।

अक्षर चिन्न हरेक बिहान पत्रपत्रिका पढ्नु उनको दैनिकी भइसक्यो । ‘पहिले घरमै सीमति थिएँ, अक्षर नचिने पनि केही थिएन । चुनाव जितेपछि अक्षर नचिने सुखै छैन ।’ बाँके डडुवा गाउँपालिका उपप्रमुख सहिदा बानोले भनिन् । ‘अक्षर चिन्न सक्ने भइसकेको छु, पत्रपत्रिका सरर पढ्न सक्ने भइसकेको छु ।’

उपप्रमुख बिजयी भएपछि उनलाई पढाई खड्कियो । पदमा पुगेको व्यक्तिले ल्याप्चे लगाउनुपर्दा उनी खिन्न थिइन् । उनले नेपाली अक्षर चिन्न घरमै शिक्षिका राखिन् । ६ महिना उनलाई बाह्रखरी सिक्नै लाग्यो । 

आजको कान्तिपुर दैनिकको १६ पेजमा समाचार छ ।