हाइभोल्टेजले कमलडाँडामा क्षति
गुगलपाटी संवाददाता हेटौंडा,२७ भदौ
नेपाल बिधुत प्राधिकरणको लापारवाहीका कारण हेटौंडाको कमलडाँडाका स्थानीय मारमा परेका छन् ।
आवश्कयता भन्दा बढी बिधुत प्रवाह(हाइभोल्टेज) भएपछि स्थानीयहरुले घरमा राखेका सामानमा क्षति पुगेको हो । घरमा राखिएको टिभी,फ्रिज,पंखा लगायतका बिधुतीय सामान जलेर पूर्ण रुपमा काम नलाग्ने अवस्थामा पुगेको कमलडाँडाका स्थानीय ज्वाला रेग्मीले जानकारी दिए ।
उनले कमलडाँडाका २५ घरधुरीका स्थानीयहरुको घरमा राखिएको बिधुतीय सामानमा क्षति पुगेको बताए । नेपाल बिधुत प्राधिकरण हेटौंडा शाखालाई जानकारी गराउदा कुनै सुनुवाइ नभएको पनि उनले बताए ।