संविधान दिवस मनाउन समितिको तयारी बैठक

गुगलपाटी संवाददाता हेटौंडा, २८ भदौ
२८ भाद्र २०७५ १०:००

संविधान दिवसको अवसरमा हुने विविध कार्यक्रमका सन्दर्भमा बिहिबार तयारी बैठक बसेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुल आयोजक समितिका संयोजक एबम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा बैठक बसी उपसमितिको तयारीका विषमा छलफल भएको थियो ।

दिवसलाई व्यवस्थित बनाउन विभिन्न ६ वटा उपसमितिहरुका संयोजकहरुले बैठकमा तयारीका विषयमा जानकारी गराएका थिए । असोज २, ३ र ४ गते मनाईने दिवसमा मुख्य दिन ३ गते प्रभातफेरीको आयोजना गरिने भएको छ । कार्यक्रमअनुसार ३ गते विहान भुटनदेवि माविको प्राङ्गणबाट ¥याली सुरु भई कान्तिराजपथ हुँदै शितलमहल चोक, मेनरोड, नगरपालिका रोड हु“दै मकवानपुर क्याम्पस पुगेर मुख्यमन्त्री पौडेलको सम्बोधनसंगै कार्यक्रमको समापन हुने भएको छ । यसैगरी २ गते दिउसो विचार गोष्ठिको आयोजना हुने भएको छ । यसैगरी दिवसमा रक्तदान, विरामीहरुलाई फलफुल वितरण लगायत सरसफाईको कार्यक्रम राखिने भएको छ । तयारीस्वरुप वुधबार मात्र आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचार प्रसार उपसमिति, सामाजिक विकास मन्त्री युवराज दुलालको संयोजकत्वमामा रचनात्मक क्रियाकलाप व्यबस्थापन उपसमिति, ३ नम्बर प्रदेशका मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेको संयोजकत्वमा विचार गोष्ठि उपसमिति, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालको संयोजकत्वमा राजनितिक दल समन्वय तथा जनपरिचालन उपसमिति, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, निर्माण गरिएको थियो ।

विहिबारको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपाने, ३ नम्बर प्रदेश प्रहरी प्रमुख दिपक थापा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ल अधिकारी अस्मान तामाङ्लगायतको सहभागिता रहेको थियो । यसैगरी सामाजिक विकास मन्त्री युवराज दुलालको संयोजकत्वमामा रचनात्मक क्रियाकलाप व्यबस्थापन उपसमिति , जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालको संयोजकत्वमा रहेको राजनितिक दल समन्वय तथा जनपरिचालन उपसमिति, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समितिको थप तयारीको लागि सुक्रबार बैठक बस्ने भएको छ ।