सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लु भेटियो
गुगलपाटी संवाददातासप्तरीमा स्वाइनफ्लु र हङकङ फ्लु रोग फेला परेको छ । जिल्लाको कञ्चनरुप र हनुमाननगर कंकालनी नगरपालिकामा यो दुबै रोग फेला परेको हो ।
कञ्चनरुप नगरपालिकामा ज्वरोका कारण तीन जनाको मृत्यु भएपछि स्वास्थ्य सेवा विभागबाट चिकित्सकहरुको टोली यहाँ आएर रगत संकलन गरी परीक्षण गरेको थियो । परीक्षण गरिएको रगतबाट एक जनामा स्वाईन फ्लु ९एचवानएनवान० र १० जनामा हङकङ फ्लु ९एच थ्री एन टू० को भाइरस फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख निरञ्जन यादवले जानकारी दिए ।
केही दिनअघि कञ्चनरुप नगरपालिका ७ का १४ बर्षका दिवश बस्नेत, वडा नम्बर ३ का १४ वर्षका किशोर राम र वडा नम्बर ९ का १४ बर्षका आमोदकुमार रामको ज्वरोका कारण मृत्यु भएको थियो । एक महिनाको बीचमा ज्वरोका कारण तीन जनाको मृत्युपछि अनुसन्धान गर्न स्वास्थ्य विभागबाट चिकित्सकहरुको टोली यहाँ आएको थियो ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। प्रकाश साहसहितको टोली र डब्लुटिओ विराटनगर फिल्ड कार्यालयबाट डा। सन्ध्या भगत अनुसन्धान गर्न आउँदा रगतको नमुना संकलन गरेका थिए ।
तीन दिनसम्म रगत जाँचका लागि शिविरै सञ्चालन गरिएपछि १ हजार १ सय २२ जनाले रगत जाँच गराएका थिए । जाँच गरिएकामध्ये २४ जनाको रगत र र्याल परीक्षणका लागि काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा कञ्चनरुप ७ बलुवाका ६० वर्षका हरिलाल साहमा स्वाइन फ्लुको संक्रमण पाइएको छ । कञ्चनरुपकै ४ जना तथा हनुमाननगर कंकालनी नगरपालिकाका ६ जनामा हङकङ फ्लु फेला परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।