कांग्रेसको क्रियाशिल तथा साधरण सदस्यता वितरण
गुगलपाटी संवाददाता हेटौंडा, ३० भदौं३० भाद्र २०७५ १२:०६
नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा शनिवार क्रियाशिल तथा साधारण सदस्यता वितरण गरिएको छ ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १८ का वडा सभापति राजेन्द्रराज बानियाँको सभाध्यक्षतामा क्रियाशिल तथा साधारण सदस्यता वितरण गरिएको हो ।
कांग्रेस हेटौंडा १६ नम्बर वडाको वडा कार्यालयसमेत उद्घाटन गरिएको कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिका प्रमूख दामोदर खनाल, हेटौंडा उपमहानगरपालिका नगर सभापति आनन्दराम पराजुली, साविक हेटौंडा २३ का वडा सभापति पुरुषोत्तम अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कांग्रेसका २ सय ११ जनालाई क्रियाशिल सदस्यता तथा ८४ जनालाई साधारण सदस्यता वितरण गरिएको कार्यक्रममा पार्टी जिल्ला सहसचिव रामबाबु बानियाँ, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, सुशान्त श्रेष्ठ, भीमसेन महत, सल्लाहकार दामोदर सुवेदी, १६ नम्बर वडाका वडा अध्यक्ष एवं सभापति रामकृष्ण कोईराला, महाधिबेशन प्रतिनिधि कमला खड्का, तरुण नेता शैलेन्द्रराज बानियाँलगायत कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।