प्रधानमन्त्रीले भने : निर्मला मेरै छोरी हुन्
गुगलपाटी संवाददाता काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्याय दिलाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवीलाई प्रधानमन्त्रीले अपराधी पहिचान गरी कानुन अनुसार कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
निर्मला दुर्गादेवी र यज्ञराजकी मात्र छोरी होइनन्, राष्ट्रकै छोरी हुन्, मेरी पनि छोरी हुन्, प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने, तपाईँहरूलाई कुनै पनि हालतमा न्याय दिलाउन हामी प्रतिबद्ध छौँ म यस विषयमा अत्यन्त संवेदनशील छु। न्याय पाउने कुरामा पूर्ण विश्वस्त हुन अनुरोध छ।
बालुवाटारमा बिहान आधा घण्टा भएको भेटमा निर्मलाका बाबुआमासँगै प्रदेश ७ का प्रमुख राजनीतिक दलका नेताहरू सहभागी थिए। नेताहरू भीम रावल, लेखराज भट्ट, दीपकप्रकाश भट्ट, रमेश लेखकसहित नेकपा र कांग्रेसका प्रमुख नेताहरू भेटमा थिए।
प्रधानमन्त्रीले घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको विश्वास गर्नु सरकारको बाध्यता भएको र त्यही विश्वासका कारण धोका भएको बताएको डा। अर्यालले जानकारी दिए।
ुसुरक्षाको जिम्मेवारी लिएको प्रहरीले छानबिन गर्छ भन्नेमा विश्वास गर्यौँ। तर पछि उनीहरूको गल्ती कमजोरी गरेको महसुसर गर्यौँ प्रधानमन्त्रीलाई उद्धृत गर्दै अर्यालले भने, अहिले उनीहरूको छानबिनमाथि पनि छानबिन गरेका छौँ। प्रहरीले त्रुटिमात्र गरेको हो कि बदमासी नै गरेको हो, छानविन गर्छौँ। कुनै ओहोदामा बसेको भए पनि, कुनै दलको भए पनि, धनको बल भए पनि कारबाही गरेर छोड्छौँ। नयाँ शिराबाट अनुसन्धान थालिएको छ, न्याय पाउने कुरामा विश्वस्त हुनुस्।