नयाँ समिति चयन गर्दै सकियो नेपाल मगर युवा संघको अधिवेशन
गुगलपाटी संवाददाता हेटौंडा,१ असोजनेपाल मगर युवा संघको तेश्रो राष्ट्रिय महाधिवेशनबाट ३२ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । जयप्रकाश बुढा मगर अध्यक्ष रहने गरी समिति बनाइएको हो । हेटौंडामा ३० र ३१ गते सम्पनन अधिवेशनको वरिष्ठ उपाध्यक्षमा रेम बहादुर पुन मगर,महिला उपाध्यक्ष छविना लुङ््गेली मगर तथा
भाषिक उपाध्यक्षहरुमा काईकेमा दिपक रोका मगर,अठार मगरातमा गगन पुन मगर,बाह्र मगरातमा शेर बहादुर आले मगर चयन भएका छन् भने महासचिव इमानसिंह राना मगर,सचिवमा दिपक पुन मगर,सचिवमा खड्ग बहादुर थापा मगरर कोषध्यक्षमा भुपेन्द्र बुढा मगर भएका छन् ।
यसरी नै प्रदेश नंं १ प्रमुखमा झलकराज आले मगर, प्रदेश नंं ३ प्रमुखमा सरोज पुलामी मगर,. प्रदेश नंं ४ प्रमुखमा देव बहादुर राना मगर, प्रदेश नंं ५ प्रमुखमा नरेश बहादुर पुन मगर, प्रदेश नंं ६ प्रमुखमा मिन बहादुर सिंजाली मगर र प्रदेश नंं ७ प्रमुखमा ी पुष्पकमल बुढा मगर चयन भएका छन् ।
अधिवेशनबाट सदस्यहरुमा अमर बहादुर पुन मगर, ईश्वरी रोका मगर, जप बहादुर पुन मगर, कल्पना घर्ती मगर, खिम बहादुर राना मगर, निर्मला सारु मगर, कमानसिंह घर्ती मगर,ललित थापा मगर, नाम्सु सुनारी मगर, सोनाम आले मगर, प्रदीप राना मगर, रीता आले मगर, उपेन्द्र राना मगर, लोक बहादुर राना मगर, कृष्णगोविन्द मगर, स्मृति मगर लगायत चयन भएका छन् ।