जनअपेक्षा अनुसार काम गर्न सम्बद्ध पक्षहरुलाई आग्रह

गुगलपाटी संवाददाता हेटौंडा,३ असोज
३ आश्विन २०७५ ११:४३

तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले जनअपेक्षा अनुसार काम गर्न सम्बद्ध पक्षहरुलाई आग्रह गर्नुभएको छ ।
संविधान दिवसको अवसरमा प्रदेश प्रमुखको कार्यालयमा आज मध्यान्न आयोजित शुभकामना तथा चियापान कार्यक्रममा उपस्थितहरुलाई शुभकामना ब्यक्त गर्दै कोईरालाले त्यसको लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा परिवर्तनको अपेक्षा अनुसार काम गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, आन्तरिक मामिला तथा कानून मन्त्री, भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापित, उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल, भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सरकारका प्रमुख सचिव आनन्दराज ढकाल, प्रदेशसभा सदस्यहरु, प्रदेश सुरक्षा निकायका प्रमुखहरु,प्रदेश मन्त्रलयका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो । शुभकामनासँगै कोईरालाले संविधान दिवसको खुशीयालीमा चियापान कार्यक्रम आयोजना गर्नुभएको थियो ।