बलात्कार बिरुद्ध मकवानपुरका महिला सडकमा

गुगलपाटी संवाददाता हेटौंडा,७ असोज
७ आश्विन २०७५ ११:४६

नेपाली काँग्रेस निकटको नेपाल महिला संघ मकवानपुरले बिरोध प्रदर्शन गरेको छ ।
आईतबार विरोध र्याली तथा प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या प्रकरणमा राज्य संयन्त्रबाट अनुसन्धान र छानविनमा लापरवाही, सरकारबाट संविधान पालनामा गम्भीर त्रुटि, प्रेसमाथि भैरहेको नियन्त्रण, मूल्यबृद्धि एवं देशका विभिन्न भागमा भैरहेका बलात्कार, हत्याहिंसा घटनाको विरोधमा र्याली तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

मकवानपुरको कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको याली कान्तिराजपथ, बुद्धचोक, उद्योग वाणिज्य संघ हुँदै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पुगेर नेपाल महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठले प्रमूख जिल्ला अधिकारी आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।