स्थानीय पत्रपत्रिकाः मानव निर्मित यसियाकै पहिलो सुरुङ जोगाउन चासो
गुगलपाटी संवाददाताहेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् ।
सरकारविरुद्ध महिला र विद्यार्थीको हेटौंडामा प्रदर्शन, गाँजा खेती नष्ट गर्न घरघरमा पम्प्लेट वितरणm सम्पदा जोगाउन बजेट विनियोजन, हेटौंडामा तयार भयो बहुद्देश्यीय कभर्ड हल, मझुवा खानी सञ्चालनमालगायतका समाचारलाई आजका दैनिक पत्रिकाले प्रमुखताका साथ छापेका छन् ।
सम्पदा जोगाउन बजेट विनियोजन
ओझेल र अधुरो रहेको यसियाको पहिलो मानव निर्मित सुरुङमार्गमा प्रदेश ३ सरकारले चासो देखाएको छ ।
मकवानपुर र बाराको सिमानामा रहेको यसियाकै पुरातात्विक, ऐतिहासिक सम्पदालाई हेटौंडा उपमहानगरपालिकाले संरक्षण, संवद्र्धन गर्दै पर्यटन प्रर्वन गर्ने योजना केही समयअघिदेखि चर्चा भए पनि हालसम्म योजना अघि नबढाएपछि प्रदेश मन्त्रालयले चासो देखाएको हो । प्रदेशको क्षेत्राधिकारभित्र रहेका १३ जिल्लाका ऐतिहासिक सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने प्रदेशको उद्योग पर्यटन तथा वन वातावरण मन्त्रालयले योजना बनाएर काम गरिहरको छ । आजको हेटौंडा सन्देश दैनिकमा समाचार छ ।
आजको साझाकुरा दैनिकले हेटौंडा–११ थानाभ¥याङमा जिल्लाकै सबैभन्दा ठूलो ब्याडमिन्टन कभर्ड हल निर्माण भएको समाचार छापेको छ । करिब ६० लाख रुपियाँमा निर्मित कभर्ड हल दशैंको छेको पारेर उद्घाटन गरिने जनाइएको छ । सामुदायिक सेवा केन्द्रअन्तर्गत रहेको करिब २ कट्ठा जग्गामा कभर्ड हल निर्माण भएको हो ।
त्यस्तै आजको समृद्ध समाज दैनिकले हेटौंडा सिमेन्ट उद्योगको मझुवा खानी सञ्चालनमा आएको समाचार पहिलो पृष्ठमा छापेको छ । स्थानीयसँग लामो समयदेखि विवाद भएपछि बन्द रहेको मकवानपुर गढी गाउँपालिकामा रहेको उक्त खाने सहमतिपछि सञ्चालनमा आएको हो ।
आजको प्रदेश दैनिकले सन्दिप लामिछाने हेटौंडा आएर सम्मान ग्रहण गरेको समाचार छापेको छ । क्रिकेटर सन्दिप लामिछाने आइतबार हेटौंडा आएर विभिन्न सम्मान थापेका छन् । हेटांडा स्कुल अफ म्यानेजमेन्टले लामिछानेलाई नगद एक लाख सहित सम्मान गरेको छ ।
हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ