मनहरीमा बालमैत्री क्षेत्र घोषणाका लागि अभियान संचालन

जयराम मोक्तान मनहरी,८ असोज
८ आश्विन २०७५ १३:३९

मकवानपुरको मनहरी गाउँपालिकालाई २०७६ मसिर महिना भित्र बालमैत्री घोषणा गर्न गाउँपालिकाले तयारि तिब्र पारिएको छ ।
गाउँपालिकाले बालमैत्री गाउँपालीका घोषणाको तयारि स्वरुप आजबाट ९ वटै वडामा सहजकर्ता खटाइएको छ । केही दिन अघि बालबालीकाको अबस्था तथा तथ्याङक संकलन गर्न प्रत्येक वडबाट बाट एक जना दरले गाउँपालिकाले अन्र्तबार्ता लिई छनौट गरिएका सहजकर्ताहरुलाई आजबाट आ आफ्नो वडामा खटाइको हो ।
अन्तरवार्तामा संलग्न सहजकार्ताहरुलाई बालबालिका सम्बन्धि काम गर्दै आएका बिष्णु प्रसाद चौबे , मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती , उपाध्यक्ष मनिला बिष्ट लगाएतकाले काम कर्तब्यको बारेमा सहजीकरण गरि खटाएइको हो । उनीहरुले प्रत्येक वडा गई ५ महिना सम्मा त्यहाको बालबालीकाको संख्या तथा अबस्थाको बारेमा तथ्याङक संकलन गर्ने छन् । गाउँपालिकामा आज एक कार्यक्रमको आयोजना गरि तथ्याङक संकलनमा आबश्यक सामाग्री हस्तन्तरण गरि फिल्डमा खटाइएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जनाकारी दिए ।