निर्माण ब्यवसायी संघ मकवानपुरको अध्यक्षमा ढकाल
गुगलपाटी संवाददाता हेटौंडा,१२ असोजनिर्माण ब्यवसायी संघ मकवानपुरको जिल्ला अधिवेशनले श्यामसुन्दर ढकाललाई अध्यक्षमा निर्वाचित गरेको छ । उनी निर्बिरोध भएका हुन् ।
यसरी नै प्रथम उपाध्यक्षमा बालगोपाल कँडेल निर्विरोध निर्वाचित भएका छन् । संघको २१ औँ साधारण सभापछि भएको निर्वाचन प्रक्रियामा अध्यक्ष र प्रथम उपाध्यक्ष मात्र निर्विरोध निर्वाचित भएका हुन् ।यसैगरी उपमहासचिव (आन्तरिक)मा भवनाथ अधिकारी निर्विरोध भएका छन् भने सह–कोषाध्यक्षमा नवराज पाठक र महिला सदस्यमा उमाकुमारी पौडेल निर्विरोध भएका छन् ।
निर्वाचन समितिले प्रकाशित गरेको प्रथम नामावली अनुसार द्वितीय उपाध्यक्षमा आसलाल स्याङतान र सागर भट्टराईको उम्मेदवारी परेको छ । यसैगरी तृतीय उपाध्यक्षमा बुद्धिराम डिमडुङ र अमृत लुङ्वाको उम्मेदवारी परेको छ भने महासचिवमा बालकुमार मल्ल ठकूरी र विनोद शर्माको उम्मेदवारी परेको उल्लेख छ ।
यसैगरी उपमहासचिव (नीतिगत)मा राजेन्द्र चौलागाईँ, भीमसेन श्रेष्ठ र सुरज मणि खनालको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा ईश्वर पाठक र अनल श्रेष्ठको उम्मेदवारी परेको छ । जस अनुसार ८ जना सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ । जसमा सञ्जीव राजबाहक, सुरेन्द्र पाठक, राज मैनाली(दिनेश), भोजबहादुर बुढाथोकी, गुरुप्रसाद दाहाल(गोपी), सुरज वर्र्तौला, निर्मल देवकोटा, नवीन पराजुली, चेतबहादुर थापा र रुपेश केसीको उम्मेदवारी रहेको समितिले जनाएको छ ।