आङसाङ सुकीको मानार्थ नागरिकता खोसियो

गुगलपाटी संवाददाता क्यानाडा
१२ आश्विन २०७५ १४:२५

 क्यानडाको संसदले म्यानमारकी नेतृ तथा विदेश मन्त्री आङसाङ सुकीको मानार्थ नागरिकता खारेज गरेको छ । रोहिंग्या अल्पसङ्ख्यक मुस्लिम समुदायविरुद्धको हिंसा नियन्त्रणका लागि पहल गर्न नसकेको भन्दै क्यानाडाले सम्मान खारेजको निर्णय गरको हो ।

रोहिंग्या मुसलमानमाथिको नरसंहार नभएको भन्दै मानवअधिकारवादी नेतृ सुकीले सरकारबाट गरिएको हिंसाको बचाउ गर्दै आएकी छन् । क्यानडाले म्यानमार सरकारकी सल्लाहकारसमेत रहेकी सुकीलाई सन् २००७ मा सैनिक शासकविरुद्ध शान्तिपुर्ण आन्दोलन गरेको भन्दै मानार्थ नागरिकता प्रदान गरेको थियो।

रोहिंग्या मुस्लिम समुदायविरुद्ध भएको नरसंहारलाई लिएर पछिल्ला समय सुकीको आलोचना भइरहेको छ । संयुक्त राष्ट्रसंघलेसमेत रोहिंग्या मुस्लिममाथि म्यानमारमा नरसंहार भएको प्रतिवेदन सार्वजनिक गरिसकेको छ।

रोहिंग्या मुस्लिम समुदायमाथि आक्रमण बढेपछि उनीहरु बंगलादेशमा शरण लिएर बसेका छन्। राष्ट्रसंघका अनुसार विस्थापित रोहिंग्याको संख्या १० लाखभन्दा  धेरै छ । म्यानमार सरकारले उनीहरुलाई पुनर्स्थापित गर्ने प्रतिबद्धता गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन।

क्यानडाका विदेशी मन्त्री क्रिस्टिया फ्रिल्यान्डका प्रवक्ता एडम अस्टिनलले बिहीवार भनेका छन्, ‘सन् २००७ मा हाउस अफ कमन्सले आङसाङ सुकीलार्इ क्यानडाको मानार्थ नागरिकता दिएको थियो। संसदले सर्वसम्मतबाट नगरिकता फिर्ता लिने प्रस्तावमा मदतन गरेको छ।’

रखाइन प्रान्तमा त्यहाँको सेनाको दमनका क्रममा विस्थापित भएका दश लाख भन्दा धेरै रोहिङ्ग्या मुसलमान छिमेकी देश बंगलादेशमा शरणार्थी शिविरमा बस्दै आएका छन् ।एजेन्सी