फुटबलको उपाधिमाथि बिजौनाको कब्जा

जयराम मोक्तान मनहरी,१९ असोज
१९ आश्विन २०७५ १५:०६

मनहरि गाउँपालिका वडा नम्बर ७ रमौलीमा भएको गाउँपालिका स्तरिया नकआउट फुटबल प्रतियोगीतामा बिजौना युबा क्लब विजय भएको छ ।
फाइनलमा दंगा नियन्त्रण प्रहरि हेटौडालाई १ ० गोल अन्तरले पराजित गरेको हो । निकै रोमान्चक रुपमा भएको खेलमा बिजौना युबा क्लबको खेलाडीले खेलको सुरुवातीमै गरेको एक गोल नै जितका लागी सहज रह्यो । दुबै टिमबाट गोलको अबसर प्रशस्तै पाए पनि त्यसको सदुपयोग गर्न सकेन । प्रतियोगीताको बिजेता टिम बिजौना युबा क्लबले ४० हजार ४ सय ४१ ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने दंगाले २० मै चिक्त बुझाउन बाध्य भयो । बिजेता तथा उपबिजेतालाई तिन नम्बर प्रदेशका संसाद सन्त चेपाङ तथा मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले पुरुषकार बितरण गरेका थिए । पुरुषकार बितरण संगै गर्दै सासद चेपाङले स्थानिय युबाहरुके सक्रियतामा सञ्चालन गरेको खेल निकै प्रशंसा योग्य भएको बताए ।
स्थनिय खेलाडीहरुलाई प्रोत्साहनका लगाी आफु सधै सहायोग गर्न तयार रहेको बताए । कार्यक्रममा तिन नम्बर प्रदेशका संसद सन्त चेपाङ , गाउपालिका अध्यक्ष एकराज उप्रेती वडा नम्बर ७ का अध्यक्ष ठाकुर तितुङ , मध्यवर्ति उपभोक्त समिती मनहरिका अध्यक्ष पदम तितुङ , समाज सेबी इन्द्र ब्लोन लगाएतको उपस्थीती रहेको थियो ,।