हेटौंडालाई स्थायी राजधानी बनाउन माग गर्दै विद्यार्थी सडकमा

गुगलपाटी संवाददाता हेटौंडा,१५ चैत्र
१५ चैत्र २०७४ ०५:२१

हेटौंडालाई स्थायी राजधानी बनाउन माग गर्दै विद्यार्थीहरुले आज बिहान ¥याली प्रर्दशन गरेका छन् । मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले हेटौंडा बजारमा ¥याली निकालेका हुन् ।
मकवानपुर बहुमुखी क्याम्पसबाट सुरु भएको ¥याली सिमा चोकमा आएर कोणसभामा परिणत भएको थियो । मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अगुवाईमा ¥याली निकालिएको हो । विद्यार्थीहरुले हेटौंडाबाट अन्यत्र राजधानी लैजाने चलखेल सुरु भएको भन्दै त्यसका बिरुद्ध कडा जनदवाब सिर्जना गरिने बताएका छन् ।
प्रदेश तीनको स्थायी राजधानी काभ्रे सार्न प्रदेशसभा सचिवालयमा बुधबार काभ्रेका चार जना सांसदले प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावको नेकपा एमाले काभ्रेका सांसद चन्द्र बहादुर लामा प्रस्तावक र नेकपा एमाले काभ्रेका सांसद लक्ष्मण लम्साल, नेकपा एमाले काभ्रेका अर्का सांसद बसुन्धरा हुँमागाई र नेकपा माओवादी केन्द्र काभ्रेका सांसद रत्न ढकालले समर्थक रहेका छन् ।