स्थानीय पत्रपत्रिकाः प्रदेश राजधानी हेटौंडा राख्न दबाब
गुगलपाटी संवाददाताहेटौंडाबाट आज प्रकाशित पत्रपत्रिकाहरुले ३ नम्बर प्रदेशको राजधानी सम्भाव्यता अध्ययन समितिले ५वटा जिल्लाको अध्ययन गरी प्रतिवेदन सोमबारको प्रदेशसभामा बुझाएको र हेटौंडालाई नै राजधानी स्थायी गर्नुपर्ने माग गर्दै नागरिकहरुले दबाब दिएको समाचारलाई प्रमुखताका साथ छापेका छन् ।
राजधानी सम्भाव्यता समितिको प्रतिवेदन प्रदेशसभामा गएसँगै हेटौंडाबाट अन्यत्र राजधानी नसार्न माग गर्दै विरोधका स्वरहरु सुनिन थालेका छन् । जनसरोकार केन्द्र मकवानपुरले प्रदेशसभा सचिवालयको मुलगेटमा धर्ना दिँदै राजधानी सार्न लागिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
देशसभामा राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदन पेश हुने खबरसँगै विभिन्न राजनीतिक दलका नेतासहित स्थानीयले प्रदेशसभा भवनअघि ब्यानरसहित धर्ना दिएका थिए ।
सबै हिसाबले प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त भएको भन्दै धर्ना दिइएको जनसरोकार केन्द्र मकवानपुरका अध्यक्ष ध्रुवप्रसाद चौलागाईले बताए । आजको हेटौंडा सन्देश दैनिकमा समाचार छ ।
आजको साझाकुरा दैनिकले केन्द्र सरकारले संविधान प्रदत्त अधिकार नदिएको ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको भनाइलाई प्रमुखताका साथ छापेको छ । सोमबारको प्रदेशसभाको विशेष समयमा बोल्दै मुख्यमन्त्रीले प्रदेश र केन्द्र सरकारबीच कुनै विवाद नरहे पनि केन्द्र सरकारले दिनुपर्ने अधिकार भने नपाएको गुनासो गरे ।
आजको समृद्ध समाज दैनिकले ३ नम्बर प्रदेशको मन्त्रिपरिषद् बैठकमा संगठन संरचना र दरबन्दी सम्बन्धी निर्णय भएको समाचार पहिलो पृष्ठमा छापेको छ । मुख्यमन्त्री कार्यालयले पेश गरेको संगठन संरचना र दरबन्दीसहित विभिन्न निर्णय मन्त्रिपरिषद्ले पारित गरेको हो ।
आन्तारिक मानिला तथा कानुन मन्त्रालयले पेश गरेको सुरक्षा व्यवस्थापन योजना स्वीकृत गर्ने निर्णय पनि गरिएको छ । प्रहरी ईकाईहरुका भवन निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय भएको छ । उद्योगप र्यटन वन तथा वातावरण मन्त्रालयले पेश गरेको पर्यटन विकास आयोजना र आयोजना कार्यान्वयनको लागि अस्थायी दरबन्दीको सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि भएको जनाइएको छ ।
हेर्नुहोस्, हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ