शिवम सिमेन्टले ५२ करोड रुपैंया वरावरको सेयर जारी गर्ने

गुगलपाटी संवाददाता
१५ चैत्र २०७४ ०६:५६

मकवापनुर/१५ चैत

हेटौडाको हटियामा रहेको शिवम सिमेन्टले ५२ करोड रुपैंया वरावरको ५२ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीय बासिन्दाको लागि आठ करोड ८० लाख रुपैयाँ (आठ लाख ८० हजार कित्ता) सेयर जारी गर्ने भएको छ । उद्योग प्रभावित क्षेत्र हेटौडाको हटिया लगायतका क्षेत्रका बासिन्दाले सेयरमा आवेदन दिन पाउने कम्पनीले जनाएको छ। । कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा लगेको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय रुपैयाँभन्दा केही बढि हुने भएको हो । स्थानीयलाई अन्य सर्वसाधारणलाई भन्दा २५ प्रतिशत कम प्रिमियम लाग्ने कम्पनी स्रोतको भनाई छ।
बाँकी ४४ लाख अर्थात ४४ करोड रुपैयाँको सेयर सर्वसाधारणमा जारी हुने भएको छ । कम्पनी सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा अनुमतिको लागि पुगेको छ । कम्पनीले जारी गर्ने सेयर सहित चुक्ता पुँजी करिब ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड कम्पनी निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ । उत्पादनमुलक समूहमा सिमेन्ट उद्योग क्षेत्रबाट पहिलो कम्पनीले सेयर जारी गर्ने भएको हो ।
कम्पनीले हाल क्षमता बिस्तारपछि दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।