यसवर्षको बडादशैं सुरु, आज घरघरमा जमरा राखिँदै
गुगलपाटी संवाददाताप्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ ।
बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ ९यव० रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।
यही दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले भोलिको दिनलाई घटस्थापना भन्ने गरिएको हो । स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । घटस्थापनाको साइत बिहान सबा ७ बजे शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसरी गर्नुस् पूजा
आश्विन शुक्ल प्रतिपदाको प्रातः कालको शुभमुहूर्तमा घटस्थापना गर्नुपर्छ । यसका लागि एउटा कतारोमा बालुवा लिएर त्यसमा जौ रोप्नुपर्छ । उत्तर कतारोमा जौका साथसाथै गंगाजल राखेर त्यसमा देवी भगवतीको आह्वान गरेर पूजन सम्पन्न गर्नुपर्छ ।
त्यो जौ दुई दिनपछि अंकुरका रूपमा प्रस्फुटित हुन्छ । त्यही अंकुर नै जमरा हो । जमरा अत्यन्तै पवित्र मानिन्छ ।
पूजनका क्रममा यी मन्त्रहरू उच्चारण गर्नुस् स्
ॐ अपवित्रस् पवित्रो वा सर्वावस्थां गतोकपि वा।
यस् स्मरेत् पुंडरीकाक्षं सस् बाह्याभ्यंतरस् शुचि॥
ॐ पुनातु पुण्डरीकाक्षस् पुनातु पुण्डरीकाक्ष पुनातु॥
नमो दैव्यै महादेव्यै शिवायै सततं नमस्।
नमस् प्रकृतयै भद्रायै नियतास् प्रणतास् स्मताम॥
या देवी सर्व भूतेषु मातृरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस्॥
ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे॥