स्थानीय पत्रपत्रिकाः चाडपर्वसँगै कडा सुरक्षा व्यवस्था, बसमा हतियारसहितका प्रहरी खटिए

गुगलपाटी संवाददाता
२५ आश्विन २०७५ ०१:५२

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख खबर बनाएर छापेका छन् । नेपालीहरुको महान चाड दशैं सुरु भएपछि हुनसक्ने चोरी, लुटपाट, तथा आपराधिक घटना न्युन्किरण गर्नको लागि मकवानपुर प्रहरीले विशेष योजना बनाएर लागू गरेको छ । जिल्ल प्हरीले राती लोकमार्ग, भित्रीमार्गमा हुनसक्ने डकैती, लुटपाटलाई मध्यनजर गर्दै सार्वजनिक बसमा हतियारसहितका प्रहरी खटाएको छ ।

प्रहरी टोली खटिएर लोथरदेखि रजैया, रजैयादेखि बसामाडी, बसमाडीदेखि बसपार्क, बसपार्कदेखि चुरियामाईसम्म क्रस पेट्रोलिङ परिचालन गरिनेछ । आजको हेटौंडा सन्देश दैनिकमा समाचार छापिएको छ ।

त्यस्तै आजको साझाकुरा दैनिकले हेटौंडाबाट प्रदेशको राजधानी सारिए काठमाडौंमा नाकाबन्दी लाग्ने ३ नम्बर प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको भनाइलाई मुख्य समाचार बनाएर छापेको छ । प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र सारिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बानियाँको भनाइ थियो । केपी ओलीले चाहे प्रदेश राजधानी हेटौंडा नै कायम हुनसक्ने उनको भनाइ थियो ।

समृद्ध समाज दैनिकले मुख्यमन्त्रीले टिस्टुङ महोत्सवको प्रशंसा गरेको समाचार प्रकाशित गरेको छ । बुधबारबाट थाहा नगरको बज्रबाराहीमा टिस्टुङ महोत्सव सुरु भएको छ । मुख्यमन्त्री पौडेलले महोत्सव उद्घाटन गर्दै उत्पादनलाई महत्व दिएर गरिएको महोत्सवको प्रशंसा गरे ।

आजको प्रदेश दैनिकले ६० लाख लगानीमा रेष्टुरेन्ट खोलिएको समाचार छापेको छ । हेटौंडा–८ कमानेमा बिबिक्य खाजा घर बुधबारबाट सञ्चालनमा आएको हो । युवा व्यवसायी गणेश लामिछानेले रेष्टुरेन्ट खालेका हुन् ।

हेर्नुहोस्, हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ