ओम बाबाको बचाउ
गुगलपाटी संवाददाता हेटौंडा,२५ असोज
हेटौँडा उपमहानगरपालिका वडा नंबर १४ मा रहेको सत्य ओम बाबा आरोग्य आश्रमले सस्थाका अध्यक्ष ओम प्रकाश श्रेष्ठ ९ ओम बाबा० माथि लागेको आरोप सत्य नभएको भन्दै आपत्ती जनाएका छन् ।
बिहीबार हेटौँडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै आश्रमका उपाध्यक्ष सुर्यबहादुर स्याङ्तानले ओम बाबालाई लगाईएको आरोपप्रति घोर भत्र्सना गरेका हुन् ।पत्रकार सम्मेलनमा बोल्दै सस्थाका सचिव राजदेव लामाले आश्रममा मृत्यृ भएको भनिएकी साबित्री पुडासैनीको विषयलाई लिएर मिडियामा आएको समाचार गलत भएको दाबी गरे । आश्रममा झारफुक गर्ने, मन्छाउने, पन्छाउने, औषधी खुवाउने कुनैपनि काम नहुने भन्दै उनले मृतक पुडासैनीको मृत्यु आश्रममा नभएको दाबी समेत गरे । उनले त्यस दिनको घटना सिसिटिभिको फुटेजमा समेत रहेको भन्दै उनको चरित्र हत्या हुने खालको समाचार संप्रेशण नगर्न समेत आग्रह गरे । मृतक पुडासैनी २०७२ सालबाट आश्रममा नियमित सम्पर्कमा रहेको भन्दै सचिव लामाले यदि आश्रममा गलत गतिविधि हुने भएको भए उनले पहिलेनै भन्न सक्ने भन्दै प्रश्न समेत गरे ।
पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सचिव लामाले आश्रमको हिसावकिताव नियमित अडिट हुने गरेको भन्दै आवश्यक परेको अवस्थामा उपलब्ध गराउन सकिने स्पष्ठ पारे । आफुहरुले उद्योग तथा सावर्जनिक जग्गा कब्जा गरेको भन्ने हल्ला भ्रमपूर्ण रहेको भन्दै यस्तो भ्रम नछर्न समेत सबैलाई आग्रह गरे ।