चुनाव लड्न किन हच्किए गौतम !
गुगलपाटी संवाददातानेकपाका नेता बामदेव गौतम काठमाडौं–७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन् । गौत्मले काठमाडौं–७ लाई खाली गराएर उपनिर्वाचनमार्फत चुनाव लड्ने निर्णय गरेसँगै पार्टीभित्रै तीव्र असन्तुष्टी उत्पन्न भएको थियो ।
पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेको जानकारी उनका निकट नेता भोजबिक्रम मगरले दिए ।
‘पार्टीभित्रैबाट असहयोग हुने भएपछि काठमाडौं ७ लाई खाली गराएर फेरि चुना लड्ने निर्णयबाट गौतमजी पछि हट्नुभएको हो । ’ मगरले भने ।
प्रतिनिधिसभा निर्वाचनमा २०७४ मा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमले काठमाडौं ७ लाई खाली गराएर फेरि चुनाव लड्ने योजना बुनेका थिए ।
सो क्षेत्रबाट बिजयी रामबीर मानन्धरले गौतम आफ्नो क्षेत्रबाट चुनाव लड्ने भए ठाउँ खाली गरिदिने घोषणा गरिसकेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।