सल्यानमा घाँटी रेटेर महिलाको हत्या
गुगलपाटी संवाददातासल्यानमा घाँटी रेटेर महिलाको हत्या भएको छ। सल्यानको सारदा नगरपालिका-८, सिमखर्ककी करिब ५५ वर्षीया केवली नेपालीको सुतेकै ठाउँमा हत्या भएको हो।
बिहीबार राति आफ्नै घरमा सुतेकी नेपाली बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कर्याालय सल्यानबाट गएको प्रहरी टोलीले ढोका खोली हेर्दा चक्कुले घाँटी रेटेको अवस्थामा उनको शव भेटिएको हो।
अनुसन्धानका लागि क्षेत्रीय कुकुर शाखा कोहलपुरबाट कुकुर सहितको टोली घटनास्थल गएको प्रहरीले जनाएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि ८ किलोमिटर पश्चिममा पर्छ।