मकवानपुरका दुई ब्यक्ति लागू औषध सहित पर्सामा पक्राउ
गुगलपाटी संवाददाता वीरगन्ज,२६ असोजपर्सा प्रहरीले भारी मात्रामा लागू औषध सहित दुईजना भरियालाई पक्राउ गरेको छ ।
जिल्लाको पटेर्वासुगौली गाउँपालिकाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ४४ किलो गाँजाको धूलो र २१ ीकलो चरेशको धुलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । त्यसरी नै उनीहरुको साथबाट ४८ किलो गाँजा पनि बरामद भएको शुक्रबार पत्रकार सम्मेलन गरी पर्सा प्रहरीले भारी मात्रामा लागू औषध बरामद भएको जनाएको हो ।
यद्यपी पक्राउ परेका सबै भरिया भएको प्रहरीको भनाइ छ । नेपालबाट भारतर्फ गाँजा लैजानै गरेको अवस्थामा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७का स्थानीय बीर बहादुर मोक्तान र सरिखेतका सूर्य बहादुर स्याङतानलाई पक्राउ गरेको हो । उनीहरु भारी बोके नेपालबाट भारत तर्फ गाँजा लाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । अन्य ६ जनाको समूह भएपनि अन्य ब्यक्तिहरु भने फरार भएको र उनीहरुको खोजी भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । यद्यपी स्थानीयहरुले भने लागू औषधका कारोबारलाई जोगाउनका लागि प्रहरीले भरियालाई पक्राउ गरेको आरोप लगाएका छन् । मकवानपुरमा उत्पादन भएका गाँजाहरु पर्साको ग्रामीण भेगको नाका हुँदै भारत तर्फ लैजाने गरिन्छ ।