बली बिरुद्ध टासी छ्योइलिङ गुम्बामा ङयुङने मौन ब्रत गर्ने

गुगलपाटी संवाददाता मनहरी
२६ आश्विन २०७५ १४:३१

मनहरी गाउपालिका–५, बसन्तपुर स्थित टासी छ्योइलिङ गुम्बामा ञ्युङने मौन ब्रत हुने भएको छ ।

दशैं पर्बको नाममा लाखौं पशुपन्छीहरुको बली दिने गरेको बेलामा बौद्धधर्मालम्बीहरुले ञ्युङने निराहार ब्रत बस्ने गरिन्छ । यसै अबसरमा टासी छ्योइलिङ गुम्बामा यहि असोज ३० गते देखि ञ्युङने मौन ब्रत शुरु हुने प्रमुख लामा बल बहादुर लामाले बताउनु भयो ।

यस समयमा महाकरुणामयी आर्य अवलोकेश्वर (फापा चेङरेसी) को प्रार्थना गरेर उपवास बस्नुको मुख्य उद्धेश्य शरीरलाई स्वस्थ र स्फूर्त बनाउनु, ध्यान एकाग्र बनाउनु र मनबाट अशुद्धीहरु हटाई शान्ति प्राप्त गर्नु हो ।

गुम्बामा ङयुङने मौनब्रत संचालनको लागि नेपाल अहिंसाबादी बौद्धधर्म चक्र संघको लामा समितिको उपसचिव निमा वाइबा लामाको उपस्थितिमा असोज ३० गते सबै जना जम्मा हुने, ३१ गते सोक्छ्योङ गुरुबाट प्रवचन साथै अष्टशिल प्रदान गरिने कार्तिक १ गते कुक्प्पा निराहार मौनब्रत भइ कार्तिक २ गते प्रमुख लामा गुरुबाट वाङ अभिषेक प्रदान र कार्यक्रमको समापन गरिने ब्यबस्थापन समितिको सचिब दिल बहादुर लामा बताए ।

ञ्युङने मौनब्रत बौद्ध धर्मावलम्बी तामाङ, गुरुङ, शेर्पा,थकाली एवं हिमाली सम्प्रदायहरु दशैंका बेला तीन दिने ञ्युङने बस्ने गर्दछन । यस्तो बेला भगवान बुद्धका बिभिन्न अष्टशीलहरुको पालना गरिन्छ ।