दशैं खर्च माग्न पुगेका राउटेले भेट्न पाएनन् प्रधानमन्त्री

गुगलपाटी संवाददाता
२७ आश्विन २०७५ ०२:०७

काठमडौं–प्रधानमन्त्रीलाई भेटी दशैं खर्च माग्न पाँच दिनअघि राजधानी पुगेका राउटेले भेट नपाएपछि शनिबार आज फर्कँदैछन् ।

सुर्खेतबाट काडठमाडौं पुगेका चार जना राउटेहरु गत वर्ष जसरी भेट नपाउँदा निराश भएर फर्किन लागेका हुन् ।

राउटेहरुसँगै आएकी राउटे लोपोन्मुख सिमान्त वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले प्रधानमन्त्री कार्यालयका सचिवले समेत भेट नदिएको गुनासो गरिन् ।

२०६७ सालदेखि राउटेहरु दशैंको बेला काठमाडौं आएर प्रधानमन्त्री तथा मन्त्रीहरुलाई भेट्दै आएका छन् । गतवर्ष पनि राउटेले प्रधानमन्त्रीलाई भेट्न पाएका थिएनन् ।

खड्काकाअनुसरा गतवर्ष राउटेले भेट नपाए पनि प्रधानमन्त्रीमार्फत ५ लाख रुपैयाँ पाएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।