आज नवरात्रको छैठौं दिनः कात्यायनीदेवीको पूजा

, काठमाडौं, २९ असोज
२९ आश्विन २०७५ ०२:५८

आज नवरात्रको छैठौं दिन हो । आजको दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिन्छ ।

हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो । अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ । स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ । उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको शास्त्रहरुमा उल्लेख छ ।

कात्यायनी शक्तिको कहिल्यै नसकिने स्वरुपा हुन् । नवरात्रीको उत्सवको छैठौं दिन अर्थात षष्टि तिथिमा उनको पूजा आराधना गर्ने गरिन्छ ।

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।